भाडाका मान्छे खटाएर प्रेमिका बलात्कार गराउने यी कस्ता प्रेमी ?
Advertise Here Book Now
बर्दिया, १८ मंसिर– केही दिनअघि भारतमा एक नेपाली सामूहिक बलात्कारमा परेको घटनामा उनकै केटा साथीको हात रहेको रहस्य खुलेको छ ।
ती युवतीलाई उनकै केटा साथीको योजनामा भारतीयहरुले सामूहिक बलात्कार गरेको प्रहरी अनुसन्धानले देखाएको हो ।
बर्दिया प्रहरी प्रमुख वीरेन्द्रकुमार बस्यालले युवतीले विवाहका लागि दबाब दिएपछि उनका केटा साथीले भारतीयहरु प्रयोग गरी बलात्कार गराउन लगाएका थिए । अनुसन्धानकै क्रममा रहेको भन्दै प्रहरीले युवकको नाम सार्वजनिक गरेको छैन ।
आफ्ना परिवारद्वारा नरुचाईएकी प्रेमिकालाई बलात्कार गर्न उनका प्रेमीले पै्रसा दिएर भारतीय युवालाई प्रयोग गरेको बताइएको छ ।
राम विवाहमा सहभागी हुन आफन्तसँगै गएका बेला बर्दिया ढोढरी–४ की १७ वर्षीया मुक्त कम्लरी ती युवती सीमावर्ती बहराइचको बिछियास्थित कटरिया बाबानजिकै जंगलमा गत १२ मंसिरमा सामूहिक बलात्कारको शिकार भएकी थिइन् । उनको अवस्था चिन्ताजनक छ ।
स्वास्थ्य परीक्षणपछि ती युवतीलाई भारतीय प्रहरीको सेल्टरमा राखिएको छ ।

