मोदीको ‘क्यारिकेचर’ गरेको भन्दै सरकारद्वारा तीतो सत्य प्रसारणमा रोक
Advertise Here Book Now

modi           V/s
काठमाण्डु, १८ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गरिएको भन्दै सरकारले मिडिया हबको प्रायोजनमा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित हास्य टेलिऋंखला तीतो सत्यको प्रसारणमा रोक लगाएको छ ।
सरकारले रोक लगाएका कारण नियमित रुपमा बिहीबार ८ बजेको समाचारप्रछि प्रसारण हुनुपर्ने उक्त कार्यक्रम प्रसारण नभएको हो ।
बिहीबार तीतो सत्यको ५ सय ७६ औं भाग प्रसारण हुनुपर्ने थियो । तितो सत्यकी कलाकार एवम् निर्देशन सहयोगी दिपाश्री निरौलाले सेन्सर बोर्डका अधिकारीहरुले कार्यक्रमको प्रसारणमा रोक लगाएको जानकारी दिइन् ।
त्यसबाट आफूहरु दु:खी भएको उनले बताइन् । दीपाका अनुसार कथामा भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि काठमाण्डुमा रातारात विकासका पूर्वाधार निर्माण भएको विषय देखाउन खोजिएको थियो । उनले काठमाण्डुमा जसरी देशका कुनाकाप्चामा मोदी पुर्‍याएर विकास गरेको दृश्यप्रति सेन्सरका अधिकारीले आपत्ति जनाएको बताइन् ।
काठमाण्डुको कपन क्षेत्रमा छायाँकन गरिएको उक्त ऋंखलामा मेरी बास्सैका शिवहरि बैरागी नक्कली मोदीका रुपमा देखा परेका थिए ।
‘मोदी आएपछि हाम्रो देशको विकास भयो भन्ने कुरालाई प्रतिकात्मक रुपमा देखाउन खोजेका थियौं’, बिहीबार राति काठमाण्डु टुडेसँग दीपाले भनिन्, ‘तर उहाँहरुले कुरै बुझ्नु भएन, कार्यक्रम प्रसारणमा रोक लगाउनुभयो ।’
नियमित समयमा कार्यक्रम प्रसारण नभएपछि देशभरबाट दर्शकहरुले टेलिफोन गरी जिज्ञाशा राखिरहेको उनले बताइन् । दीपाका अनुसार मोदी नेपालको दुर्गम गाउँमा गएको र त्यहाँका जनताले उनीसँग हात मिलाउन तँछाडमछाड गरेको दृश्य खिचिएको थियो ।
यस्तै नक्कली मोदीले नेपालीमा भाषण गर्दा सर्वसाधारण चकित परेको विषयलाई पनि कथामा समेटिएको थियो ।
कार्यक्रमका निर्देशक एवम् प्रमुख कलाकार दिपकराज गिरीले फेसबुकमार्फत आपत्ति जनाएका छन् ।
उनको स्टाटस यस्तो छ ।
मोदीको कारणले तीते सत्य नआउने
…….
आज प्रसारण हुनु पर्ने तीते सत्यको श्रृंखला मोदीको नक्कल गरिएको कारण देखाइ प्रसारणमा रोक लगाइएको छ
यो श्रृंखलामा गाँउमा बिकाश काममा शिथिलता देखि एक ब्यक्तिलाइ नक्कलि मोदि बनाएर ल्याए पछि बिकाश धमाधम गर्न थालिन्छ।
के कारण देखायियो सम्बन्धीत पक्षबाट?
१)मोदी जस्तो ब्यक्तिको क्यारिकेजर गर्नु हुन्न
२) उहाँ जस्तो ब्यक्तिको क्यारिकेचर गर्दा भोलि जवाफ दिनु पर्ने हुन्छ
मेरो जवाफ
१) भारतमा नै मोदी लगायत नेताहरूको मज्जाले क्यारिकेचर गरिन्छ, लोकतन्त्रको सुन्दरता नै यहि हो जस्मा हरेक प्रसिद्ध ब्यक्तिको नक्कल वा व्यड़ग्य गर्न पाइन्छ
२) तीतो सत्यमा देखाइएको बिषयमा दुइ देश बिचको सम्बन्धमा आँच आउने कुनै बिषय छैन न मोदी लाइ नराम्रो देखाइएको छ तथापि….
तीतो सत्य यहि रहेछ हाम्रो देशमा सम्मान होइन चाकडि बिक्छ,
लोकतन्त्र कागजमा होइन ब्यबहारमा हुनु पर्छ।
संबाद हिन्दी भयो पनि भनियो, मोदीको अभिनय गर्दा शायद भाषा चाइनिज हुन सक्दैन…
सम्मान गरौ चाकडि होइन
स्रोत;kathmandu Today  

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्