पूर्वराजा चितवनमा, तराइको भ्रमण गर्ने
Advertise Here Book Now
चितवन, पुस ६ ।दुई साताव्यापी तराई भ्रमणमा निस्केका पूर्व राजा ज्ञानेन्द्र शाहलाई चितवनमा भब्य स्वागत गरिएको छ।
तराईका जिल्लाहरुको भ्रमण गर्ने तालिका अनुसार आइतबार चितवन पुगे शाहलाई विमानस्थलमा शुभेच्छुकहरुले स्वागत गरेका हुन्।
सभासददेखि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ता तथा स्थानीयको बाक्लो उपस्थित थियो। पूर्वराजालाई स्वागत गर्न पञ्चे बाजासहितको टोली विमानस्थल पुगेको थियो।
आइतबार राति चितवनको मेघौलीमा बास बस्ने शाह सोमबारबाट तराईका जिल्लाहरूमा भ्रमणका लागि निस्कनेछन्।

