गोली ठोक्ने धम्की दिने शिक्षकको बचाउ गर्दै विद्यालय बन्द
Advertise Here Book Now

phpximcdgसिरहा, ६ पुस–गोली ठोक्ने धम्की दिने शिक्षकको बचाउ गर्दै पेसागत शिक्षक सङ्घ सङ्गठनले सिरहा जिल्लाभरका सामुदायिक विद्यालय बन्द गराएका छन् ।
विद्यालय बन्द भएपछि विद्यालय पढ्न पुगेका विद्यार्थी घर फर्कन बाध्य भएका छन् ।
गोली ठोक्ने धम्की दिनेमाथि दर्ता भएको सार्वजनिक मुद्दा फिर्ता लिनुपर्ने भन्दै जिल्लाभरका विद्यालय विभिन्न आठ शिक्षक सङ्गठनले बन्द गराएका छन् ।
विद्यालय बन्दको आह्वान गर्नेमा नेपाल शिक्षक युनियन सिरहा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सिरहा, नेपाल शिक्षक सङ्घ, मधेसी शिक्षक फोरम, नेपाल शिक्षक मञ्चलगायतका छन् ।
ब्रम्हान गोछारीस्थित माध्यमिक विद्यालय हनुमाननगरका व्यवस्थापन समितिका अध्यक्ष गणेश चौधरीले सोही विद्यालयका निमित्त प्रधानाध्यापक नारायण साह, शिक्षक बिहारी साह र लहान–९ स्थित प्रावि गोठका प्रअ करुण यादवमाथि इलाका प्रहरी कार्यालय लहानमा चार दिन अगाडि सार्वजनिक मुद्दा दर्ता गराएका थिए ।
फोन गरेर गोली ठोक्ने धम्की दिएकाले प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएको अध्यक्ष चौधरीको भनाइ छ ।
यता शिक्षक सङ्घ सङ्गठनले विज्ञप्ति निकालेर विद्यालयमा भएको सामान्य विवादलाई लिएर मुद्दा दर्ता गराएको भनेको छ । उक्त विवाद छलफलको माध्यमबाट टुङ्गो लगाई मुद्दा फिर्ता लिन सम्बन्धित पक्षसँग विज्ञप्तिमार्फत सङ्गठनले आग्रह गरेका छन् ।
विज्ञप्तिमा हस्ताक्षर गरेका नेपाल शिक्षक सङ्घका जिल्ला अध्यक्ष मनोजकुमार यादवले छलफलबाट विवाद समाधान गर्ने भने पनि मुद्दा दर्ता गराएपछि बाध्य भएर आन्दोलनमा जानु परेको बताउनुभयो ।
उनले भने, ‘आजदेखि तीनदिन जिल्लाभरका विद्यालय साङ्केतिक रुपमा बन्द गर्छौं, तर पनि मुद्दा फिर्ता लिइएन भने अनिश्चितकालका लागि बन्द गर्छौं ।’
यता जिल्ला शिक्षा अधिकारी ओमबहादुर कटुवालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र ब्रम्हान गोछारी माविका शिक्षकको विवादलाई लिएर जिल्लाभरका विद्यालय बन्द भएको बताए । रासस

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्