शिक्षकले नै आजदेखि सिरहाका विद्यालय बन्द गराउने
Advertise Here Book Now
शम्भु यादव, लहान । विद्यालयको सामान्य विवादलाई लिएर तीन शिक्षकमाथि दर्ता भएको सार्वजनिक मुद्दा फिर्ता लिन सिरहाका विभिन्न आठ शिक्षक संघ÷संगठनहरुले सम्बन्धित निकायसँग माग गर्दै जिल्ला भरका विद्यालय बन्द गर्ने भएका छन् ।
नेपाल शिक्षक यूनियन सिरहा, नेपाल राष्ट्रिय शिक्षक संगठन सिरहा, नेपाल शिक्षक संघ, मधेशी शिक्षक फोरम, नेपाल शिक्षक मञ्च लगायतका आठ शिक्षक संघ÷संगठनले मुद्दा फिर्ता लिन अल्टिमेटम दिएपनि बेवास्ता गरेको भन्दै भोलि आईतवारदेखि जिल्लाभरका विद्यालय बन्द गर्ने विज्ञप्ती मार्फत जनाएका हुन् ।
आठ शिक्षक संघ संगठनले संयुक्त रुपमा जारी गरेका विज्ञप्तीमा भनिएको छ, ‘मुद्दा फिर्ता नलिन आईतवारदेखि तीन दिनका लागि सांकेतिक रुपमा जिल्ला भरका विद्यालय बन्द गर्ने र तरपनि मुद्दा फिर्ता नलिए अनिश्चित कालका लागि विद्यालय बन्द गर्ने छौं ।’
ब्रम्हान गोछारीस्थित माध्यमिक विद्यालय हनुमाननगरमा सामान्य विवाद भएको थियो ।
सोही विषयलाई लिएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश चौधरीले निमित्त प्रअ नारायण साहसहित तीन शिक्षक विरुद्ध ईलाका प्रहरी कार्यालय लहानमा मुद्दा दर्ता गराएका छन् ।
त्यसैले उक्त मुद्दा फिर्ता लिएर छलफलको माध्यमबाट विवाद समाधान गर्न सम्बन्धित पक्षसँग विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।


