सिडिओको गाडीले किचेर दुई वर्षीया बालिकाको मृत्यु
Advertise Here Book Now

काठमाडौँ, ५ पुस । दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) चढेको गाडीले किचेर दुई बर्षीया बालिकाको मृत्यु भएको छ ।
शनिबार दिउँसो १२ बजेतिर दैलेखको सदरमुकामको त्रिभुवन उच्च मावि नजिकै बाटो सडकमा बा १ झ  ७६५८ नम्वरको जिल्ला प्रशासन कार्यालयको जीपले किचेर २ वर्षीया बालिका खुशी मल्लको  उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
timthumb
एक मात्र सन्तान खुशीको सिडिओको गाडीले किचेर मृत्यु भएपछि नारायण नगरपालिका–३ भीरमौराका बुबा अमृत मल्ल र आमा प्रेरणा मल्ल परिवार शोकमा डुबेको छ ।
सवारी दुर्घटना बढेको भन्दै विभिन्न तर्फबाट आलोचना भइरहेका बेला  सीसीओको गाडीले बालिका मारेको भन्दै स्थानीयले प्रमुख जिल्ला अधिकारी सागरमणी पराजुली र सरकारको बिरोध सुरु गरेका छन् ।
बालिकाको मृत्यु भएपछि जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने प्रमुख जिल्ला अधिकारी पराजुलीले आक्रोशित स्थानीयलाई उत्तेजक हुन नदिन प्रहरी सँगै बसेर सम्झाइरहेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्