घुराको आगो साडीमा सल्केपछि...
Advertise Here Book Now


सिरहा, ५ पुस (साक्षी)– जाडो छल्न बालेको आगो साडीमा सल्केपछि
सिरहाको मिर्चैया नपाकी एक महिला गम्भिर घाईते भएकी छन् ।
मिर्चैया नपा ४ की २७ बर्षीया सकुन्तिदेवी यादबको साडिमा घुराबाट आगो सल्किदा जलेर उनी गम्भिर घाईते भएकी छन् । आगोले यादबको आधा शरिर जलेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक
हरि खतिवडाले जानकारी दिए । गम्भिर घाईते भएकी यादबको उपचार मिर्चैयामा सम्भव नभएपछि
धरानस्थित वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनको अवस्था चिन्ताजनक रहेको परिवारजनले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्