गाविस सचिव जिल्लामा मष्ति , स्थानीयबासीलाई सस्ती ।
Advertise Here Book Now
एस.पी.गौरब,सिरहा १५ मंसीर ।
ऑनलाइन सिरहा डटकम मंसिर १६ /श्री कांत झा सिरहाको जिल्लाको कर्जन्हाँ गाविसको गाविस कार्यलयमा गाविस सचिव नियमित रुपमा उपस्थित नभएपछि गाविसबाट दिने सेवा प्रभावित भएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने कर्जन्हाँ गाविसले हटलेटवा,वगाहा , वस्तिपुर, कर्जन्हाँ लगायत विभिन्न ठाउँका सेवाग्रहीहरुलाई सेवा प्रदान गर्नु पर्ने हुन्छ तर जन्म दर्ता,मृतु दर्ता ,विवाह दर्ता लगाएतका कामहरु गराउन जाने सेवाग्रहीहरु दर्ता गर्न नपाएर जिल्ला धाउनु पर्ने वाध्यता रहेको गुनासो गर्छन ।सचिवको अनुपस्थिती रहेको कारण अन्य कर्माचारीहरु पनि आफ्नै निजी काममा व्यास्त हुने गरेको पाईएको छ ।गाविसमा दरबन्दी भएका गाविस सचिव आशिषलाल सिंह जिल्लामा नै बसेर काम गर्ने गरेको कारण आफुहरुलाई निकै गारो परेको स्थानियबासीहरुको भनाई रहेको छ ।


