छुट्टा-छुट्टै दुई सवारी दुर्घटनामा सात घाईते
Advertise Here Book Now
दुर्घटनामा परि आज बिहान सातजना घाईते भएका छन् ।
नम्बरको म्याजिक भ्यान र ना. ३ ख ८७९४ नम्बरको ट्रक एक-आपसमा
ठक्कर खांदा म्याजिकमा सवार ४ महिला र २ पुरुष गरी ६ जना घाईते
भएका छन् । घाईते हुनेमा सिरहा धनगढी २ बस्ने बालचन्द मुखिया र निसु
सिंह, धनगढी ३ बस्ने नथुनिया सदाय, मिर्चैया २ बस्ने जितनी देवी साह र
रुबिदेवी साह, त्यस्तै नामथर वतन नखुलेकी अन्दाजी ६५ बर्षिया एक महिला रहेकी छिन् । घाईते सबैलाई
स्थानिय लाहान अस्पताल लगिएको छ । ट्रक तथा म्याजिक भ्यानका चालकलाई इलाका प्रहरी कार्यालय
धनगढीले नियन्त्रणमा लिएको छ ।
यस्तै सप्तरीको रायपुर ८ पूर्वपश्चिम राजमार्गमा बिहान बा. ८ च २६३ नम्बरको कारले स्थानिय ८ बर्षिय
मुकेश यादबलाई ठक्कर दिदा उनी गम्भीर घाईते भएकाले उपचारकोलागी युनिक अस्पताल रायपुर लगिएको
छ । कार र चालक मोरङ्ग बिराटनगर १३ का किरण लिम्बुलाई इलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा
लिएको छ

