सिरहामा जाडोले सतायो, २० दिने शिशुको मृत्यू सिरहा,
Advertise Here Book Now


१० पौष । अत्यधिक चिसोका कारण सिरहामा विहिवार जन्मेको २० दिन मात्र भएको एक शिशुको ज्यान गएको छ । चन्द्रोदयपुर गाविस ७ का लालदेव सदायको २० दिनको छोरी अन्जु कुमारी सदायको चिसोका कारण कठाग्रिएर ज्यान गएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिए । न्यानो अर्थात्बा क्लो कपडाको अभावमा शिशुको ज्यान गएको हो ।तराइको जिल्लाहरुमा केही दिन यता बढेको अत्यधिक चिसोले जनजिवन प्रभावित बनेको छ । बजारमा चहल पहल घटेको छ । बजारमा बाक्लो लुगाको विक्री चिसोले ह्वात्तै बढाएको छ । किसानहरु पूर्ण रुपमा प्रभावित भएका छन । बोक्लो हुस्सुका कारण तरकारी बालि नष्ट हुने सम्भावना बढेपछि जिल्लाभरका किसानहरु चिन्तित बनेका हुन् । सितापुरका ललन दास भनछन्, ‘आलुको बिउ चर्को मुल्यमा किनेर लगाएको छु । तर यो चिसोले सप्रिने अवस्था छैन् । हामी किसान त बर्बाद हुन्छौं ।’ आलु मात्रै नभई टमाटर, कोबि, भन्टालगायतका तरकारी बालीमा समेत सितलहरले प्रभाव पार्ने किसानहरु बताउँछन् । विशेष गरी जाडोमा दलित र विपन्न समुदायका बृद्धबृद्धा र बालबालिका बढी प्रभावित हुन्छन् । आर्थिक समस्याका कारण न्यानोलुगा समेत खरिद गर्न सकिरहेका छैन् । जसले गर्दा जाडो काट्न धौ धौ पर्ने गर्छन् । यता सरकारले जाडोमा मृत्यू भए मात्र रु. २५ हजार राहत दिने घोषणा गरेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्