सिरहाको मिर्चैया नगरपालिकामा सरसफाई कार्यक्रम तेज ( फोटो फिचर )
Advertise Here Book Now
सिरहाको मिर्चैया नगरपालिकामा केहि दिनदेखि सरसफाई तेज पारिएको छ । ईलाका प्रहरी कार्यालय मिर्चैया, मिर्चैया नगरपालिका, सशस्त्र प्रहरी
क्याम्प मिर्चैया, नेपाली सेना र स्थानीय यूवाहरुले मिर्चैया नगरपालिकालाई सफा बनाउने अभियान थालेको हो । अभियानका क्रममा विहिवार
मिर्चैयास्थित बजार र मोहन उमाबि लगायत बिभिन्न स्थानमा सरसफाई गरियो । सरसफाईपछि मिर्चैया सफा देखिएका छन् ।
राम नारायण पंडित, सिरहा, ९ पौष ।
सिरहाको मिर्चैयामा बुधवारबाट तीन दिने सरसफाइ कार्यक्रम सुरु भएको छ । मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रदेब यादबले दिएको जानकारी अनुसार स्थानिय मटियर्बा चौकदेखी पुर्बपश्चिम राजमार्ग हुँदै साझा सल्हेश चौकसम्म सरसफाइ गरिएको हो । ११ गते सम्म चल्ने सरसफाइ कार्यक्रममा बुधबार स्थानियबासी, राजनितिकर्मी, बुद्धिजिबि, नागरिक समाज, बिद्यार्थी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सञ्चारकर्मी लगायतका सहभागिता रहेका थिए । यहि पौष ११ गते हुने नगरस्तरिय सरसफाइ सम्मेलनलाई लक्षित गरि मिर्चैया नगरपालिकाले सरसफईमा चासो देखाएको हो । यता, सरसफाई सम्मेलनको तैयारी अन्तिम चरणमा पुगेको आयोजक मिचैया एम वाससिसी जनाएको छ । त्यस्तै बिहीबार पनि मिर्चैया नगरपालिकाका बिभिन्न स्थानमा सरसफाइ गरिने कार्यक्रम रहेको अधिकृत यादबले बताए ।




