‘हिन्दु राष्ट्र घोषणा गर्न मुस्लिम समुदायपनि सहमत’
Advertise Here Book Now

                                           लहानमा रथयात्रा हेर्नेहरुको भिड
सिरहा, १० पुस (साक्षी)– नेपाललाई हिन्दु राष्ट्र घोषणाका लागि मेची– महाकाली रथयात्रा सुरु गरेका
राप्रका नेपालका अध्यक्ष कमल थापा नेतृत्वको टोली विहिवार सिरहा आएका छन् । अध्यक्ष थाहाले सिरहाको लहान र गोलबजारमा सम्बोधन गरे । गोलबजारमा विहिवार सम्बोधन गर्दै उनले नेपाललाई हिन्दु राष्ट्र
बनाउन जुनसुकै मूल्य चुकाउन तयार रहेको बताए उनले भने, ‘नेपाललाई हिन्दुराष्ट्र घोषणा जुनसुकै हालतमा पनि गर्नुपर्छ । घोषणा गर्न नचाह्नेहरु जनमत संग्रहमा गए हुन्छ । जनमत संग्रह नै भरपर्दो विकल्प हो ।’ केहि स्वार्थी नेताहरुल चाहदैमा नेपाल धर्मनिरपेक्ष राष्ट्र नरह्ने पनि उनले ठोकुवा गरे । यात्राका क्रममा पचास
हजारभन्दा बढी जनताले हिन्दु राष्ट्र हुनुपर्छ भनेर समर्थन गरिसकेको बताउँदै अध्यक्ष थापाले पशुपति नाथसम्म पुग्दा कैयौं दोब्बर समर्थक बढ्ने बताए । नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न हिन्दु मात्र नभएर मुस्लिम समुदायले समेत सघाएको उनले दावी गरे । उनले ढुङेगा हानेर र बन्दुक पड्काएर मात्रै आन्दोलन
नभएको जिकिर गर्दै उनँले शान्तिपूर्ण आन्दोलनबाटै हिन्दुराष्ट्र घोषणा हुने विश्वास व्यक्त गरे ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्