लहान सहकारी नाफामा
Advertise Here Book Now


एम महतो
लहान, १० पौष । सहकारी अपरिहार्यिता , इमान्दारीता र पारदर्शिता नारा सहित लहान वचत तथा क्रृण सहकारी संस्था लहानको सातौ वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदनमा सहकारी नफामा रहेको छ । सिरहा सहकारी डिभिजन कार्यालयमा दर्ता रहेका सहकारीहरु प्नि नाम मात्रको छन काम थोरैले गर्दै आइरहेकोले लहान सहकारी नाफामा अनुगमनको आवश्यक्ता देखिएको बक्ताहरुको रहेका छन् । सहकारीका सचिव राम कृष्ण महतोले प्रस्तुत गर्नु भएको प्रतिवेदन अनुसार २०६९ ÷ ०७० को अन्तयमा चुक्ता शेयर पुँजी रु. १३ लाख ७१ हजार ५०० रहेकोमा यस वर्ष रु. ४ लाख ३७ हजार ८०० थप भई शेयर पुँजी रु. १८ लाख ९ हजार ३ सय कायम २५ प्रतिसतले बढेको छ । प्रत्येक वर्ष नियमित साधारण सभा गर्दै आइरहेको लहान वचत तथा ऋण सहकारी संस्था सात वर्ष भित्रै प्रगति गर्दै गइरहेकोले लहान वचतका पदाधिकारी र शेयर सदस्यहरुमा समेत उत्साह वढदै गएको जिल्ला सहकारी संघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सन्जय महतोले वताउनु
भएको छ । प्रमुख अतिथि महतोका अनुसार सिरहामा दर्ता रहेका ६ सय सहकारी मध्ये २५ प्रतिशत पनि
क्रियाशिल नरहेको अवस्था रहेको छ । ‘सहकारी डिभिजन कार्यालयले दर्ता गरे पनि अनुगमन पटक्कै
गरेका छैन । सहकारीको माध्यमवाट मात्रै विदेश पलायन भइरहेका युवाहरुलाई रोजगारी दिन सक्ने र
गाँउगाउमा सहकारी र घरघरमा रोजगारी भन्ने सरकारको नारा अनुगमनको अभावमा फितलो हुदै
गइरहेको उहाले वताउनु भएको छ । कार्यक्रममा ब्यपारी, बुद्धिजिबि, पत्रकार दलका प्रतिनिधि
लगाईतका सहभागिता रहेको थियो।आजको साक्षी दैनिकमा खबर छ। 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्