कपिल शर्मा तथा कुमार सानुको कार्यक्रम रद्धले नेपालीलाई दिएको संदेश
Advertise Here Book Now

kapil and sanu
हालसालै भारतका ख्याती प्राप्त हास्य कलाकार कपिल शर्माको प्रस्तुती रहने भनिएको एनसेल पर्पल फेष्ट कार्यक्रम रद्ध भए पछि बिश्वभर नेपाली समुदायमा नराम्रो संदेश पुगेको छ l
र , धेरै प्रश्न उब्जियता पनि यथार्थता भनेको अर्कै छ l नेपाल सरकारले उनको सुरक्षा गर्न नसकेको कारण दशरथ रंगशालामा हुने भनिएको कार्यक्रम अन्त्यमा रद्ध गर्नु परेको थियो l
उनको कार्यक्रममा आयोजकले टिकट बेची रकम लिएर कुलेलाम ठोकेको हैन l उनि जस्ता कलाकारलाई अत्यन्तै सुरक्षाको चाहिन्छ l र, त्यो दिन नसके पछि कार्यक्रम रद्ध हुन् पुगेको यथार्थ हो l तर नेपाल आउनु अगाडी किन अवगत गराईन त ? दुख दिने नियतले गरेको हो त ? उनि अत्यन्तै व्यस्त भएको हुदा हुदै नेपाल आउनु नेपाल प्रति उनले देखाएको सम्मान मान्नु पर्छ l
कार्यक्रम नभएता पनि उनले पाउने रकम गोजीमा परेको हुनाले तै चुप मै चुप भए l र ,नेपाली उखान ” पशुपतिको दर्शन र सिद्राको ब्यापार ” भने जस्तै आखिर पशुपतिनाथ दर्शन गरि छाडे l
उनले फेरि काठमाडौं आएर भब्य कार्यक्रम लिएर आउँछु l कार्यक्रम हुन् नसक्दा आफ्नो कार्यक्रम माथि कसैको नजर लाग्यो भनि टिप्पणी गरेता पनि आखिर त्यसो व्यस्त कलाकारले समय मिलाएर नेपाल पुग्नु नै नेपालीहरुको लागि सौभाग्य हो l
कार्यक्रम स्थगित भएको ५० प्रतिशत दुःख र काठमाण्डौ आउन पाएकोमा ५० प्रतिशत खुसी लागेको बताएता पनी उनका प्रसंशकहरुले छाया चित्र खिच्न भ्याए l
निक्कै अगाडीको कुरा हो यसै गरि भारतका ख्याती प्राप्त गायक कुमार सानुको एकल सांगीतिक साँझ आयोजको बदमासीको कारण रद्ध भयो l
र ,आयोजकले उठाएको टिकटको पैसा लिएर बेपत्ता भएको खबरले सबै नेपाली दुखित भए l र ,नेपालीको नाक काटिएको थियो l छापामा जताततै खबर डढेलो लाग्यो l त्यस्तो हर्कत सम्म गरेको देखियो l गायक कुमार सानुले सार्बजनिक स्थलमा आयोजकलाई भने पैसा नउठेको भए मलाई भनेको भए म सित्तैमा पनि यहाँ आई सके पछि गाई दिन्थे l
कार्यक्रम हुनु अगाडी आयोजक बेपत्ता हुदा मैले के सोच्ने भन्दै यसले नराम्रो प्रभाव भएता पनि सबै नेपाली यस्ता हुदैनन् भन्दै आखिर नराम्रो लागि भारत फर्किए l फटाहा र बदमास जहाँ पनि हुन्छन भन्दै आफ्ना दुख पोखेका थिए l
तर कपिल शर्मामा आयोजक ईमान्दार भएको कारण पाउने पारिश्रमिक प्रदान गरे पछि त्यो कुराको अध्याय नै समाप्त भयो l
Bryan-Adams
केहि बर्ष अगाडी अन्तर राष्ट्रिय ख्याती प्राप्त क्यानाडियन गायक ब्रायन एडम्सले नेपालको ईतिहासमा नै पहिलो पटक एकल कार्यक्रम गरे l यत्र तत्र सर्बत्र चर्चा पाए त्यो भन्दा पनि आयोजकले स्याबासी पाए l जताततै आयोजको चर्चा भयो र भब्य कार्यक्रम भयो l र ,बिश्व भर नेपालको चर्चा भयो l
बदमासी जहाँ पनि हुन्छ l कुनै व्यक्ति बदमास हुन् सक्दछ र उसको नियत खराब भएको कारण कलाकारहरुले दुख पाउने गर्दछन l एउटा औलामा बिष लाग्ने बितिकै सबै औलामा नलाग्ने हुनाले यस्ता बदमास र अर्थ कुम्ल्याउने संग साबधान हुनु जरुरि छ l आयोजकले मात्र नभै कलाकारहरु पनि अन्त्यमा नआउने भनि कार्यक्रम रद्ध भएका धेरै उदाहरणहरु छन् l
अन्य कलाकारहरु लाई पुन कपिल शर्मा तथा कुमार सानु जस्तै नबनाइयोस l र ,कार्यक्रम गर्दा ब्रायन एडम्सको जस्तो आयोजक मिलोस l

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्