सिरहाको किसान चिन्तित ः आलु खेतिमा पाला रोगको संक्रमण देखिन थालियो
Advertise Here Book Now
श्रीकान्त झा , सिरहा । पौष १२ -
सिरहा सहितका स्थानहरुमा एकाएक लगातारको चिसोसंगै बढेको शितलहरका कारण सिरहाका किसानले लगाएको आलु लगायतका तरकारी बाली नष्ट हुन थालेको छ । नगदे बालीका रुपमा रहेको आलु , टमाटर, काउली , भान्टा लगायतका तरकारी खेतीमा चिसोसंगै एकाएक पाला रोगको संक्रमण देखिन थालेपछि लाखौ रुपैया नोक्सानी हुने डरले सिरहाका किसान चिन्तित बनेका छन् । जिल्ला कृषि विकास कार्यालयले पनि किसानहरुलाई पाला रोगबाट तरकारीलाई जोगाउन प्राविधिक सहयोग प्राप्त नभएको किसानहरुको गुनासो छ ।
सिरहाका किसानले अनुमानित आधा भन्दा वढी क्षेत्र फलमा व्यवसायीक रुपमै आलु टमाटर लगायतका तरकारी खेती गर्दै आएका छन् । सिरहा जिल्लाको मिर्चैया नगरपालीका वार्डा नम्वर ११ सितापुर निवासी किसान उमेश्वर प्रसाद शिहं भन्नु हुन्छ — मेरो १० विगहा जति जग्गा छ जस्मा १० कठ्ठामा आलु खेति अरु वार्ष जस्तै यस वार्ष पनि लगाएक छु तर निसो हुसोको कारण सवैआलुमा रोग लागन थालेको छ तर हामी गाँउ घरमा वसोवास र्गने भएकोले जिल्ला कृषि विकास कार्यालयले अनुगमन कहिर्लै पनि नरेको ले हामी कसरी आलुलाई रोगवाट जोगाउछु चन्ने चिन्नति भएको किसान शिहंले वताए ।


