आमालाई छुरा प्रहार गरि छोरी लिएर फरार
Advertise Here Book Now
एस.पी.गौरब/सिरहा, माघ १० गते ।

सिरहाको गोलबजार नपा–६ बाट एक युवकले महिलामाथि छुरा प्रहर गरी उनकै छोरी लिएर फरार भएको छ । स्थानीय गोबर्धन साहकी श्रीमती मिनादेवीलाई छुरा प्रहर गरी नहाँकै १५ वर्षिय छोरी ममतालाई लिएर ३५ वर्षिय महेन्द्र साह फरार भएको हो ।छुरा प्रहारबाट घाइते भएका मिनादेवीको गोलबजारमै प्राथमिक उपचार पछि थप उपचारको लागि विराटनगर लगिएको छ । उहाँको गालामा धारीलो हतियारले प्रहार गरेको देखिएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सन्तोष निरौलाले जानकारी दिनुभयो ।गोबर्धन र महेन्दले गाउँमा सँगै व्यवसाय गर्दै आएका थिए । महेन्द्र र ममता विच केही समयदेवी प्रेम सम्वन्ध रहेको स्थानीयले बताएको छ । महेन्द्रले छोरी लग्ने विषयमा विवाद भएपछि विवाद हुँदा छुरा प्रहार गरेको हुन सक्ने प्रहरीले बताएको छ । महेन्द्रको पहिला पनि विवाह भईसकेको छ । उनको छोरा छोरी समेत रहेको जनाएको छ । छुरा प्रहार पछि ममतालाई लिएर फरार महेन्द्रको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्