सिरहामा गाँजा सहित चारजना पक्राउ
Advertise Here Book Now
श्रीकान्त झा । सिरहा, माघ १० गते ।सिरहामा ११ सय किलो अवैध गांाँजा सहित ४ जना पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय लहानकले दिएको जानकारी अनुसार शुक्रवार राति सिरहाको अयोध्यानगर–४ बाट एक सय ११ केजी गाँजा सहित चारजनालाई पक्राउ गरेको छ । स्थानीय राजकुमार यादवको घरमा लुकाई छिपाई राखेको विशेष सुराकको आधारमा प्रहरीले प्रतिवन्धित लागु औषध गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा स्थानीय राजकुमार यादव, धनगढी–७ का १६ वर्षिय रामबहादुर दास, औरही–६ का वर्ष ३७ का देबनारायण कामैत, फुलकाहाकट्टी–४ का ३५ वर्षका दिनेश साह रहेको इप्रका लहानका प्रमुख डिएसपी ज्ञानेन्द्र फूयाँलले जानकारी दिनुभएको छ ।
लागु औषध गाँजा सहित पक्राउ परेका उनीहरुलाई आवश्यक कानुनी कार्वाहीको लागि ल्याइएको जनाएको छ ।

