हुन्डाईद्वारा विश्वकप क्रिकेटमा भविष्यवाणी कार्यक्रम शुरु
Advertise Here Book Now
काठमाडौं, फागुन ३–नेपालस्थित हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले विश्वकप क्रिकेट २०१५ को विभिन्न शिर्षकहरुमा भविष्यवाणी गर्ने कार्यक्रम शुरु गरेको छ । यो भविष्यवाणी हुन्डाई नेपालको फेसबुक पेजमार्फ हेर्न सकिने जनाइएको छ । फिफा विश्वकपको भविष्यवाणी प्रतियोगिताको सफलतापछि यस विश्वकप क्रिकेटमा पनि यो प्रतियोगिता गर्न लागिएको कम्पनीले जनाएको छ । यसमा जम्मा चारवटा विद्यामा भविष्यवाणीहरु गर्न मिल्ने छ । विश्वकप विजेता, म्यान अफ टुर्नामेन्ट, सबैभन्दा बढी रन बनाउने र सबैभन्दा बढी विकेट लिने । सो भविष्यवाणी मिलाउनेबाट लक्की ड्रद्वारा सामसङ्ग ३२ इन्च एलईडि टिभि तथा सामसङ्ग स्मार्ट फोनहरु प्रदान गरिने छ । हुन्डाई आईसीसी विश्वकपको ग्लोबल प्रायोजक पनि रहेको छ । यो प्रतियोगिता विश्वकप क्रिकेट अवधिभर चल्ने जनाइएको छ ।
