सशस्त्र वेश क्याम्पको सिलान्यास गरियो
Advertise Here Book Now

सरोज कुमार पासवान 
माघ २३ कर्जन्हा । सिरहाको कर्जन्हामा शुक्रवार सशस्त्र वेश क्याम्पको सिलान्यास गरिएको छ । सान्ति सुरक्षाका निम्ती स्थानियहरुको पहलमा सशस्त्र सुरक्षा वेश क्याम्पको भवन निर्माणका लागि सिरहाका सशस्त्र प्रहरी उपरिक्षक श्री महेश श्रेष्ठ र सभासद डा.विरेन्द्र महतो द्वारा शिलान्यास गरिएको छ ।शिलान्यास कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक श्री महेश श्रेष्ठ प्रमुख अतिथीको रुपमा र सभासद डा.विरेन्द्र महतो बिशेष अतिथीको रुपमा उपस्थित रहेको थियो । त्यस्तै कार्यक्रममा सशस्त्र वेश क्याम्प भवन निरिक्षक सहायक अध्यक्ष्ँ सदस्य राजु प्रसाद महतो, प्रेम कुमार हाई, जयकिशोर साह सल्लाहकार रामदयाल महतो, बलदेव साह, रामऔतार राई लगायत स्थानिय समाजसेवी, राजनीतिक कार्यकर्ता, युवा, बालवालिका र महिलाहरुको सहभागी रहेको थियो ।
आज सिरहाको कर्जन्हामा उदाहरणिय कार्यक्रम भएको सिरहा सशस्त्र प्रहरी उपरिक्षक श्री महेश श्रेष्ठले बताए । उहा“ले जहा“ सुरक्षा हुन्छ त्यहा“ विकास दौडेरै आउछ भन्दै यस भेगमा रहेको डर, त्रास र अपराधिक गतिविधीहरुलाई जडैबाट हटाउने प्रतिबद्धता जनाउनुभयो । आफूले सिरहामा वसुनजेल कर्जन्हाको वेश क्याम्पका लागि आफ्नो सम्बन्धित स्थानहरुबाट आर्थिक सहयोगका साथसाथै विभिन्न प्रकारका सहयोगहरु गर्नका लागि पछि नपर्ने छु । साथै वेश क्याम्प निर्माणका लागि जग्गा दिलाउने र शिलान्यास गराउने निर्माणको कार्याहरुमा सहयोग पु¥याउने सबै स्थानिय व्यक्तिहरुलाई धन्यवाद दिए ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्