पाशुपत क्षेत्र वरपरका सडक खण्डमा ३ सय वटा सौर्यबत्ती जडान
Advertise Here Book Now

         अनलाईन सिरहा ,माघ २३ ।
 पशुपति क्षेत्र विकास समितिले    पाशुपत   क्षेत्र वरपरका सडक खण्डमा ३ सय वटा सौर्य बत्ती जडान गरेको छ ।
     पाशुपत क्षेत्रमा रातभर सडक बत्ती बाल्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणको सहयोगमा सौर्य बत्ती जडान भएको कोषका सदस्य–सचिव डा गोविन्द टण्डनले बताउनुभयो । विशेष किसिमको सफ्टवेयर जडान गरी स्वचालित ढङ्गले साँझको समयमा बल्ने र बिहान उज्यालो भएपछि निभ्ने व्यवस्था मिलाइएको छ । यही फागुन ५ गते शिवरात्रिदेखि ती बत्ती बाल्नका लागि तयारी भएको जनाइएको छ ।  पशुपतिनाथको मन्दिर क्षेत्र तथा तिलगङ्गा, पिङ्गलास्थान, गौशाला, भाष्मेश्वर घाट, कैलाश, गुहेश्वरीलगायतका क्षेत्रमा अब रातभर उज्यालो हुनेछ । विद्युतीय भार कटौतीको समस्याले अन्य स्थान अँध्यारो हुँदै आएकाले सौर्यबत्ती जडान गरिएको कोषका सदस्य–सचिव टण्डनको भनाइ छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्