नेपालमा प्रजातन्त्र दिवस, अमर सहिदहरु र राजा त्रिभूवनको त्याग
Advertise Here Book Now

                   

 –दीर्घराज प्रसाई    
 नेपालको इतिहासको निर्माण पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकरण भएको विशाल नेपालको निर्माणको बेलादेखि प्रारम्भ इतिहास हुन्छ । नेपालको राष्ट्रिया यति सम्वेदनशील छ कि उत्तर र दक्षिण दुई ठूला राष्ट्रको च्यापोमा अवस्थित नेपाललाई संतुलित तरिकाले हिडाउन सकियो भने मात्र यसको राष्ट्रियता र प्रजातन्त्रलाई सुदृढ राखेर यसभित्रका पहिचान, प्राकृतिक र सांस्कृतिक वैभव बचाउन सकिन्छ । नेपालको एकीकरण भएको समयदेखि नैं विदेशीहरुले आँखा गाडेर यसक्षेत्रको अस्मिता बिटुलो बनाउन खोजेका थिए । तर देशभक्तहरु नेपालको सत्तामा रहेकाले देशको गौरवमय परम्परा कायम रहिरहेको हो । नेपालमा प्रजातन्त्र र राष्ट्रियतालाई समन्वय र संतुलनकासाथ सँघै अगाडि बढाउन देशभक्तहरुको नेतृत्व अति अनिवार्य छ । प्रजातन्त्र वा लोकतन्त्रको नाममा राष्ट्रियतालाई कमजोर बनाउने र राष्ट्रियताको नाममा निरंकुश परिपाटी लाध्नु समाधानको बाटो हुनसक्तैन । नेपालमा राष्ट्रियता र प्रजातन्त्र सँघसघै हिडाउन सक्नुपर्छ । चीन तथा भारत दुई ठूला देशको बीचमा अवस्थित नेपालले भारत वा चीनसँग झुकेर नेपालको राष्ट्रियता सुरक्षित बन्न सक्तैन । यी दुबै देशको राजनीतिको नक्कल गर्न खोज्नु पनि हामी नेपालीहरुको हितमा रहँदैन । त्यसैले नेपालको राष्ट्रियता र प्रजातन्त्रलाई एकैसाथ हिडाउन सक्ने आवश्यकताको बोध हामी सबै नेपालीहरुमा हुनुपर्छ । छिमेकीहरुको संवन्ध र अन्तराष्ट्रिय प्रभावले हामी नेपालीहरु कुनै न कुनै विदेशी राजनीतिक प्रभावमा पर्नसक्छौं । त्यसलेगर्दा हामी नेपाली नेपालीहरु बीचमा अस्थिरता र संकटले सताउन सक्छ । यसपरिस्थितिबाट मुक्त हुन नेपालमा हामीहरुले हामी कस्तो नेपालको निर्माण गर्न चहान्छौं भन्ने कुरामा केन्द्रीत भएर देदको निर्माण गर्न चाह्यौं भने हामीलाई कुनै विदेशीले उठबस गराउन सक्तैन ।
नेपालको इतिहासमा भएका आरोह– अवरोहको कालखण्डमा जहानीयाँ राणा शासनको बिरुद्ध प्रजातन्त्र स्थापना गर्न सजिलो अवस्था थिएन । नेपालमा प्रजातन्त्र स्थापनाको लागि आफूहरुलाई बलिदान दिने चार अमर शहीद– शुक्रराज शास्त्री, धर्मभक्त ाथेमा, दशरथचन्द र गंगालाल श्रेष्ठ तथा राजा त्रिभूवनको नाम आउछ । प्रजातान्त्रिक नेतृत्वमा बीपी कोइराला र गणेशमान सिंहको नाम आउँछ भने साम्यवादी पक्षधरहरुको नाम लिने हो भने पुष्पलाल श्रेष्ट, तुल्सीलाल अमात्य, मनमोहन अधिकारीहरु हुन् । नेपालको एकीकरणको समयमा जसरी राजाको नेतृत्वलाई आत्मसाथ गरिएर राजाको नेतृत्वमा नैं नेपालको एकीकरण भएर हामी विभिन्न जातिहरु एक नेपाली जातिमा परिणत भएका थियौं त्यसरी नैं १०४ बर्षको जहानीयाँ राणा शासनको बिरद्धमा राजा त्रिभूवनको ठूलो योगदान थियो । राजा त्रिभूवन राणा शासनदेखि असंतुष्ट भएको थाहा पाएर राणाले राजा त्रिभूवनलाई कैद जस्तो गरेर राणाहरुले राखेका थिए । कैदी राजालाई फसाउन राणाहरुबाट विवादास्पद् लालमोहर पनि राजाकै नामबाट गराइन्थे । कतिपय लालमोहरहरुको जानकारी त्रिभूवनलाई दिइदैनथ्यो । त्यस्तो अवस्थामा राजा त्रिभूवनले लुकीलुकी प्रजातान्त्रिक योद्धाहरुलाई भेट्ने र उनीहरुबाट गोप्य कागजपत्र, अनेकौ उपाय गरेर, राजा त्रिभूवन समक्ष पु¥याइन्थ्यो । राजा त्रिभूवनबाट पनि गोप्यरुपमा त्यसको प्रतिउत्तर जाने गथ्र्यो । आपूmसमेत बन्दनबाट उम्केर प्रजातन्त्रलाई संस्थापना गर्न राजा त्रिभूवनको ठूलो योगदान थियो । राजा त्रिभूवनको सेवामा रहेकी नर्स एरिकाले लेखेको पुस्तक र गणेशमान सिंहको भनाई, कम्पाउण्डर चन्द्रमान, खड्गमान सिंहबाट लिखित पुस्तक ‘जेलमा बिस बर्ष’ र अनेकौं ज्यूँदा सहिदहरुको भनाईबाट थाहा हुन्छ कि राजा त्रिभूवनको सक्रियता नहुँदो थियो त नेपालमा शहिदहरुको वलीदान बालुवामा पानी पोखे सरह्र हुनसक्थ्यो ।
१९९७ सालमा अमरत्व प्राप्त गरेका चार अमर सहिदहरु वैधानिक राजतन्त्रको पक्षपाती थिए । त्यसैले सहिदहरुको राजा त्रिभूवनसँग राम्रो सम्पर्क थियो ।  त्यहीकारणले चार शहीदहरुलाई मार्न अनेकौं उपाय खोज्न लागेका थिए । यसउसले विक्रम संवत् १९९७ साल माघ ९ गते राती अमर सहिद शुक्रराज शास्त्रीलाई टेकुको एक रुखमा झुण्डयाइएको थियो । त्यस्तै माघ ११ गते धर्मभक्तलाई सिफलको रुखमा झुण्डयाइयो । दशरथचन्द र गंगालाललाई शोभा भगवतीपूर्व बिष्णुमती किनारमा माघ १५ गते निर्ममतापूर्वक गोली ठोकेर मारियो । सहिदहरुको लाशलाई सर्वसाधारणलाई त्रसित गराउन प्रदर्शन समेत गरियोे । यसरी निरंकुश जहानीयाँ शासनको बिरुद्ध प्रजातन्त्रको स्थापनाका लागि समर्पित चार अमर सहिद र उनीहरुको त्याग र कुर्वानीलाई मूर्त रुप दिने राजा त्रिभूवनले भारतको दिल्लीमा राणाहरुलाई झूक्याएर २००७ साल कार्तिकमा पुगेका थिए । राजा त्रिभूवन भारतको निर्वासनमा पुगेपछि राणा प्रधानमंत्री मोहन शम्सेरले बालक अधिराजकुमार ज्ञानेन्द्रलाई राजसिंहसानमा आरोहण गराएका थिए । तर भारतका प्रधानमंत्री नेहरुले राजा त्रिभूवनको पक्ष लिएर मोहन शम्सेरलाई संझाएर राजा त्रिभूवनको पक्षमा लाग्न संझाएका थिए । भारतका प्रधानमंत्री जवाहरलाल नेहरुले २००७ साल साउनमा नैं सन् १९५० को संधिमा हस्ताक्षर गराईसकेका र राजा त्रिभूवन दिल्लीमा पुगेपछि कतिपय षडयन्त्रकासाथ दिल्ली संझौता घोषणा गराएका थिए । २००७ सालको दिल्ली घोषणाले नेपालमा खुल्लारुपले भारतको हैकम रहिरहने हुँदा २००७ साल फाल्गेण ४ गते राजा त्रिभूवन नेपालमा फिर्ती सवारी भएपछि फाल्गुण ७ मा नेपालमा प्रजातन्त्र स्थापना भएको शाही घोषणा गरेका थिए । त्यहीबेलादेखि फाल्गुण ७ गतेलाई नेपालमा प्रजातन्त्र दिवस मानिन्छ ।
तर प्रत्यक्ष–अप्रत्यक्ष भारतको चलखेल बढ्दै नेपालको राष्ट्रियतामा नैं खतरा आउने अवस्था देखा परेकाले राजा त्रिभूवनले बिमारी अवस्थामा नैं २०१० साल माघ ७ गते एक घोषणा मार्फत–‘नेपालको व्यवस्थापिका, कार्यपालीका तथा न्यायपालीका श्री ५ मा अन्तर्निहीत रहने छ’ भन्ने घोषणाबाट भारतबाट भएका नेपालको सार्वभौमसत्ता बारेका भ्रमहरु निराकरण हुन पुगे । (राजनीतिक दर्पण पहिलो भाग–र्गष्मबहादुर देवकोटा)। संसारका देशहरुमा आ–आफ्नो राष्ट्रियताको संवर्धनको लागि जो पनि सशक्त बनेका हुन्छन् । विश्वका ३० वटा सार्वभौम राष्ट्रहरु मध्येमा नेपाल हिन्दु तथा बौद्धको पहिचान बोकेको एक प्राचीन राष्ट्र हो । नेपालमा राजनीति र प्रजातन्त्रको कसी भनेको आफ्रनो रष्ट्रियतालाई मज्बुत बनाएर देशभित्र साझा प्रजातान्त्रिक बाटो अवलम्वन गर्नु हो । नेपालको राष्ट्रियता र प्रजातन्त्रको सुदृढीकरण गर्नको लागि राजनीतिक दलहरुको ठूलो भूमिका रहन्छ । राजनीतिक पार्टीका नेता हुन् वा हामी राष्ट्रभक्त वा राष्ट्रसेवक जो हौं, हाम्रो कर्तव्य हो जस्तोसुकै संकटबाट पनि नेपालको अस्तित्व बचाउने । संसारमा कुनै पनि राष्ट्रमा भएका पनि परिवर्तन र आन्दोलनहरुले सकारात्मक रुप लिएका हुन्छन् । तर नेपालमा २०६३ सालपछिको परिवर्तन विदेशीको इशारामा भएकाले सकारात्कमक नभएर नकारात्मक हुन पुगेको छ ।
२०४७ सालको संविधानले राम्ररी काम गर्दागर्दै संविधानसभाबाट संविधान बनाउने भनेर २०६२ साल मंसिर ७ गते नेपालको अधोगति गराउन दिल्लीमा १२ बुँदे सहमतिमा हस्ताक्षर भई त्यसैको आधारमा जनआन्दोलन भयो । राजासँग संझौता भएर जनआन्दोलन रोकियो । संविधानसभाको निर्वाचन भयो तर चारबर्षमा पनि संविधान बनाउन सकेनन् । फेरि अर्को संविधानसभाको निर्वाचन भयो । अहिलेसम्म संविधान बन्ने अवस्था देखिदैन । २०६३ साल वैशाख ११ गते राजा र राजनीतिक दलशको सहमति भएर २०४७ सालको संविधान अनुसार आन्दोलनका नेता गिरिजाप्रसाद कोइरालले प्रधानमंत्रीको सपथग्रहण गरेको कुराको निर्कियाल नगरुञ्जेलसम्म नेपालले स्थायित्व लिनसक्ने अवस्था छैन । १२ बुँदे सहमतिको आडमा नेपालको अस्मिता समाप्त गराउन नेपाललाई फसाउन नसकेपछि अहिले भारत अताल्लिएको छ । कांग्रेस, एमाले र माओवादी बीचको अपवित्र गठबन्दन पर्दाफास भएको र १२ बुँदे सहमति पनि समाप्त भइसकेको छ । विदेशीको इशारामा हिडेका कांग्रेस, एमाले र माओवादीका नेताहरुको अनुहार सबैले देखिसकेका छन् । भारतीय कांग्रेस (आई)को चासो थियो– संविधानसभाबाटै नेपालीहहरु बीचमा भिडन्त गराएर नेपाललाई आफ्नो अधिनमा राख्ने । भारतीयपक्षको षडयन्त्र देखेर चीन बोल्न थालेपछि भारत अहिले नाङ्गिएको छ ।
तर भारतमा कांग्रेस (आई) सत्ताबाट हटेर भारतीय जनता पार्टीबाट नरेन्द्र मोदीको सरकार आएको छ । बिगत दिनमा झैं अव भाजपाले नेपाललाई दुःख दिने काम नगार्ल । मुख्यकुरा २०६३ साल बैशाख ११ मा संझौता तोडिएकाले नेपालको राष्ट्रियता र प्रजातन्त्रमाथि नैं खतरा आएको हो । कुनै पनि राजनीतिक संझौता ताडिएपछि कोही पनि सफल हुन सक्तैन । २०६३ सालमा आन्दोलनकारी दलहरुले राजालाई संकटको विकल्प शक्तिको रुपमा गुहारेको थियो । तर राजासँगको संझौतालाई धोका दिएर राजासँग कुनै सरोकार नराखी प्रधानमंत्री स्वयं राष्ट्रप्रमुख घोषित भएर संविधानवादलाई विवादग्रस्त बनाउने कार्य भएकाले नैं अहिलेसम्म देशले निकास पाउन सकेको छैन । हाम्रो गन्तव्य राष्ट्रियता र प्रजातन्त्रको सुदृढीकरण हो कि राष्ट्र विखण्डन हो यसकुराले भ्रम सिर्जना भएकाले नेपाल बडो संकटमा छ ।  २०६४ सालमा संविधानसभाको निर्वाचन गराइयो । पहिलो संविधानसभाको चारबर्षको अवधिमा संविधान बन्न सकेन र फेरि दोस्रो संविधानसभाको निर्वाचन २०७० साल मंसिरमा हुँदा पनि दलका नेताहरुले तोकेको समयमा पनि संविधान बन्न नसकेपछि अव संविधानसभाबाट संविधान बन्न सक्ने संभावना देखिदैन । त्यसोभएकाले अव देशलाई निकास दिन र नेपालको राष्ट्रियता र प्रजातन्त्रको सुदृढीकरणको लागि २०४७ सालको संविधानलाई आधार बनाएर आवश्यकता अनुसार देशलाई गति दिनसक्नु नैं सम्पूर्ण राजनीतिक दल तथा देशभक्तहरुले आफ्रनो साचाई केन्द्रीत गर्नसक्नु पर्छ ।
पृथ्वीनारायण शाह भन्दा अगाडि कहाँ थियो नेवार राज्य, मगर, गुरुङ, तामाङ, थारु, मैथिली, भोजपुरी, अवधी, किरात, लिम्बु, बाहुन, क्षेत्री, कामी, दमाई आदि इत्यादिहरुको राज्य ? गोर्खा एउटा राज्य थियो । काठमाण्डौं, ललितपुर, भक्तपुर राज्य थिए । सेनबंशी, बाइसी, चौबिसी राज्य थिए । गोर्खा, सेनवंशी, बाइसी, चौबीसी राज्यमा नेपाली भाषा र विक्रम संवत् चलनचल्तीमा थियो । काडमाण्डौं उपत्यकाभित्र नेवारी भाषा र गैर–नेवारहरुमा नेपाली भाषाबाटै लेखापढी गरिन्थ्यो । पल्लोकिरात– लिम्बु राईहरुलाई पृथ्वनिारण शाहका प्रतिनिधिहरुले गरिदिएका कागजहरुमा पनि नेपाली भाषाबाटै लेखिएका पत्रहरु छन् । लिम्बु र राई भाषा समेत साक्षी राखिएका थिएनन् । नेपाली भाषा पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि गंगासम्म ब्यापक भइसकेकै कारणले अरुभाषा साक्षी राखेको प्रमाण भेटिन ।  राजनीतिको सम्पत्ति भनेको संझौता, वक्तव्य र सार्वजनिक भाषणहरु मानिन्छन् । नेपालको भौगोलिक वास्तविकता र राष्ट्रको सम्वेदनशीलताको अध्ययनैं नगरी विदेशीको इशारामा हिडेको कारणले राष्ट्रको अन्धकार भविष्य देखिन्छ । नेपालको सन्दर्भ अरु देशसँग मिल्दैन । त्यसैले नेपालको राष्ट्रियता र प्रजातन्त्रलाई सँघसँघै लिएर अगाडि बढ्ने दृढ संकल्प गरेर राजा त्रिभूवन तथा चार अमर शहीदको सपना शाकार बनाएर फाल्गुण ७ गतेको एतिहासिक प्रजातन्त्र दिवसलाई सम्मान गरेर नेपालको राष्ट्रियता र राजतन्त्र संकटमा नपरोस् भन्ने कुरामा कांग्रेस, एमाले लगायत सबै पार्टीहरुले विचार पु¥याएर २०४७ सालको संविधानको निरन्तरताको लागि निर्णायक भूमिकामा सबै जुट्नसक्नु पर्छ । यसोभएपछि नेपालमा विदेशी शक्तिको चलखेल हुन पाउँदैन र नेपालको राष्ट्रियता र प्रजातन्त्रमा नेपाली जनताको साझा बाटो बन्छ । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्