खुल्ला दिशा मुक्त क्षेत्र घोषणा कार्यक्रमको अनुगमन प्रक्रिया
Advertise Here Book Now

आशाराम चौधरी सामाचारदाता
लहान, फाल्गुन २ गते
सिरहा जिल्ला ढोढना गा.वि.स. हाल लहान नगर पालिका वडा नंं.१५ स्थित बानो र बिरनगर गाउँको खुल्ला दिशा मुक्त क्षेत्र घोषणा तथा सरसफाई कार्यक्रम अन्र्तगत नयाँ चर्पीहरुको अवलोकन तथा अनुगमन प्रक्रिया शुरु गरियो । सोही गाउँ स्थित घर घरमा पुगेर स्थानीयवासीहरु सँग सोध पुछ गरी बानो गाउँको घर संख्या १०० मध्ये ८९ वटा घर परिवारहरुले चर्पी बनाई प्रयोगमा ल्याएका छन् । यसै गरी गाउँ बिरनगर अन्तर्गत नव स्थापित चर्पीहरुको अनुगमन गर्दै खुल्ला दिशा मुक्त क्षेत्र घोषणा कार्यक्रम अन्तर्गत ढोढना बिरनगरमा छिटो भन्दा छिटो सरसफाई सम्बन्धी तथा घर घरमा चर्पी हुन आवश्यक विषयमा लहान नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण कार्कीले दलित मुसहर समुदाय तथा स्थानीय वासीहरुलाई सल्लाह र सुझाव दिनु भयो । यसै क्रममा लहान नं.पा.वडा नंं. १५ वडा नागरिक मञ्चका संयोजक तेज नारायण चौधरी ने.वा.आयोजना सुपरभाइजर विक्रम श्रेष्ठ, जेकम चौधरी, भि बा सी सी सचिव विन्देश्वर चौधरी, कार्यक्रम प्रवन्धक अनिरुद्ध चौधरी स्थानीय सहजकर्ता विजय कुमार चौधरी सदस्यहरु श्याम सुन्दर चौधरी जिरमान तामाङ्ग, राम कुमारी दास, कोषाध्यक्ष प्रभा कुमारी चौधरीहरुको सहभागिता रहेको थियो । रा.स.स.

