शिवरात्रि : पशुपतिमा नागा महिला साधुहरुको भिड्
Advertise Here Book Now


naga sadhuकाठमाडौँ । पशुपतिनाथमा शिवरात्रि मेला भर्न भारतबाट नागाबाबाका साथै महिला साधुसन्त पनि आउन थालेका छन् । यस वर्ष शिवरात्रिका लागि पशुपतिमा करिब दुई हजार साधुसन्त आइसकेका छन् । स्वदेश तथा भारतका विभिन्न स्थानबाट विभिन्न सम्प्रदायका योगी शिवरात्रिमा मेला भर्न पशुपति क्षेत्रमा आगमन सुरु भएको छ । त्यसरी आएका साधुसन्तमा नागा बाबा तथा महिला साधुसमेत रहेको र सङ्ख्या तीन हजारसम्म पुग्न सक्ने अनुमान गरिएको छ । पशुपति क्षेत्र विकास कोषले मेला भर्न आएका साधुसन्तलाई फर्कने बेलामा बिदाइस्वरूप उनीहरूको पदवी तथा मर्यादा हेरी रु २५० देखि रु तीन हजारसम्म दक्षिणा उपलब्ध गराउने भएको छ । गोरखनाथ, सन्न्यासी, रामानन्द, रामनुजलगायत साधु तथा बाबाको उपस्थिति तथा उनीहरूले खरानी घसेर धुनी जगाउँदै गाँजा तान्ने, भोलेनाथ, शङ्करका नामले भगवान् शिवको आराधनाका गतिविधिले त्यस क्षेत्रमा अहिले रमाइलो धार्मिक वातावरण बन्दै गएको छ । कोषले शिवरात्रिलाई व्यवस्थित गर्न विभिन्न समिति गठन गरी आवश्यक कार्यको तयारी गरेको तथा विशेष गरी साधुसन्तलाई खान बस्नका प्रबन्ध मिलाउन साधुसन्त व्यवस्थापन समिति गठन गरेको छ । सो समितिले रामघाट, स्वर्गद्वारी, निर्मल आश्रम तथा अन्नपूर्ण भण्डारको आश्रममा उनीहरूलाई बस्ने व्यवस्था मिलाएको कोषका सदस्यसचिव डा गोविन्द टण्डनले जानकारी दिए । त्यसैगरी गुठी संस्थानले पनि उनीहरूलाई बिदाइका क्रममा दान दक्षिणा दिने गर्छ । कोषले मन्दिरमा रङ्गरोगन तथा आसपासका क्षेत्रमा अन्य शृङ्गार र सजावटका कार्य तीव्र रूपमा थालेको छ । यस वर्षको शिवरात्रि यही फागुन ५ गते परेको छ

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्