बलात्कारीसँगै बिहे गर्नुपरेपछि यस्तो
Advertise Here Book Now

                 बलात्कारी संगै गराए पछि
भारतको   उडिसामा बलात्कारको शिकार भएकी एक महिलाले हालै आफैंलार्इ बलात्कार गर्ने पुरुषसँग बिहे गरेकी छन् । गत २८ जनवरीमा भएको यो विवाह अदालतको आदेशपछि भुवनेश्वरको झारपडा जेलभित्र जेल प्रमुख रविन्द्रनाथ स्वाईँको रेखदेखमा भएको हो । rajshree उनीहरको विवाहमा युवतीका परिवारका सदस्य समेत जेलमै उपस्थित भएका थिए । तर युवाका परिवारबाट भने कोही पनि उपस्थित थिएनन् । अभिभावक उपस्थित नभएपछि जेल प्रमुखले नै युवकको पिताको जिम्मेवारी निर्वाह गरेका थिए । बलात्कारी युवासँग विवाह गरेर जेलबाट निस्केकी युवतीले आफ्नो पूरा ख्याल राख्ने बाचा गरेपछि आफूले बिहे गर्न तयार भएको बताइन् । “जब मलार्इ उसले पुरा ख्याल राख्ने विश्वास भयो, अनिमात्र म उ सँग विवाह गर्न तयार भएकी हुँ’, राजश्री नाम भएकी ती युवतीले भनिन् । आफैंलार्इ बलात्कार गर्ने युवाको हातबाट सिन्दुर भरेपछि बोल्दै राजश्रीले ‘पति’ दिलिप बेहेराविरुद्द अदालतमा चलिरहेको मुद्दासमेत फिर्ता लिने बताएकी छन् । बलात्कारीलार्इ जेलमा सडाउनुपर्नेमा यी युवती किन उसैसँग विहेका लागि तयार भइन् त ? बलात्कारपछि विक्षिप्त बनेकी उनको सत्यकथा दर्दनाक छ । जनवरी २०१४ मा दिलिपले बाटोमा हिँडिरहेको राजश्रीलार्इ लिफ्ट दिने बहानामा आफ्नो ट्रकमा राखेर एक सुनसान ठाउँमा पुर्‍यार्इ बलात्कार गरेका थिए । घटना भएको केही दिनपछि राजश्रीका बुवाले भुवनेश्वर नजिकैको चन्दका पुलिस कार्यालमा जाहेरी दिएपछि पुलिसले दिलिपलार्इ गिरफ्तार गरी मुद्दा चलाएको बिबिसी हिन्दीमा उल्लेख छ । करिब एक सालसम्म मुद्दा चलेपछि यी दुर्इबीच जेलमा बिहे भएको तीन दिनपछि गत ३१ जनवरीमा दिलिप जमानतमा रिहा भए । राजश्रीका बुवा र अन्य नातागोताले सञ्चारमाध्यमसँग कुराकानी गर्दै बलात्कासँग आफ्नी छोरीको बिहे गर्ने बाहेक अर्को कुनै विकल्पै नरहेको बताएका छन् ।’छोरीको पूरा जिन्दगी पीडैपीडामा बित्ने थियो’, राजश्रीका बुवाले भने, ‘हामीले पनि उसका लागि जीवनभरी कष्ट उठाउनुपर्ने थियो ।’ दिलिपका परिवारले बिहे बहिष्कार गरेपनि दिलिपले राजश्रीलार्इ राम्ररी पाल्ने विश्वास युवतीका बुवाआमाले लिएका छन् । ‘जुवार्इँप्रति मलार्इ पूरा भरोसा छ, केही समयपछि उनको परिवारले मेरी छोरीलार्इ बहुरीको रुपमा स्वीकार्नेछ’, राजश्रीका बुवाले भने, ‘छोरा बुहारीलार्इ स्वीकारेर दुबैजनालार्इ उनीहरुले घर लिएर जाने विश्वास लिएको छु ।’ राजश्रीले आफ्नो बलातकारीलार्इ पति मान्ने बाहेक अर्को कुनै विकल्प देखेकी थिइनन् । बलाकारको शिकार भएकी महिलालार्इ समाज कस्तो नजरले हेरछ भन्ने उनलार्इ राम्ररी थाहा थियो । उता दिलिपलार्इ पनि राजश्रीसँग बिहे नगरेमा आफूमाथि बलात्कारको नयाँ कानुनअनुसार लामो समयसम्म जेल सजाय हुने थाहा थियो । परिस्थितिको बन्धक बनेका दुबैले बिहे गरेपनि उनीहरुलार्इ समाजमा स्थापित हुन भने ठूलै चुनौति रहेको बिबिसीले उल्लेख गरेक छ । तर उनले दिलिपले राजश्रीलार्इ छोडिदिए भने अपनाउने विकल्पबारे भने केही सोचेका छैनन् । अदालतले भने यदि केटाको पक्षबाट कुनै समस्या भएमा कानुनको ढोका ढक्ढक्याउन भनेको छ । ‘भगवानले जे चाहान्छन्, त्यहीअनुसार झेल्दै अघि बढ्छु’, राजश्रीका बुवा भन्छन् । यदि बिहेपछि दिलिपको हृदय परिवर्तन भएर राजश्रीलार्इ साँच्चै पत्नीको दर्जा दिए भने यसलार्इ साँचो प्रेम मानिएला । त्यसो नभर्इ दिलिपले जेलबाट छुट्नैका लागि यो फैसला गरेका हुन् भने पुन: एक पटक राजश्रीको जीवन बर्बाद हुने छ। - See more at: http://www.nepaljapan.com/2015/02/16/157271/#sthash.ZTC8cy59.dpuf

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्