प्रचण्ड र नारायणकाजीसहितको टोली राजधानी छाडेर पूर्वतिर राजधानी छाड्न अघि राष्ट्रपतिसँग छलफल
Advertise Here Book Now


माघ २३ – एनेकपा माओवादी सहितको ३० दलिय मोर्चाले घोषणा गरेको आन्दोलनका विषयमा पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण दिनका लागि एनकेपा माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोली शुक्रवार पूर्वको व्यापारीक केन्द्र इटहरी आउने भएका छन् ।
एकिकृत नेकपा माओवादीका अगुवा कर्यकर्ताहरुको एक दिने प्रशिक्षण कार्यक्रममा पार्टीले लिएको अवधारणा तथा आन्दोलनको पूर्व तयारीका सम्वन्धमा पाार्टीका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्नका लागि पार्टी अध्यक्ष प्रचण्ड तथा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश समेत इटहरी आईपुग्ने कार्यक्रम रहेको पार्टी अन्तरगत जिल्ला कमिटी सुनसरीले जानकारी दिएको छ ।
प्रशिक्षणमा माओवादीले भन्ने गरेको ३ राज्यका १ हजार भन्दा बढि अगूवा पार्टी कार्यकर्ताहरु सहभागि हुने बताईएको छ । कार्यकर्ताहरुलाई एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।इटहरीको रिजाल भिजन्स पार्टी प्यालेसमा हुने पार्टी अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा लिम्वूवान, किराँत र कोेचीला राज्य समितिका जिल्लास्तरीय कार्यकर्ताहरु सहभागि हुने एकिकृत नेकपा माओवादीका सुनसरी अध्यक्ष निर्मल बरालले जानकारी दिए । सहभागीलाई नयाँ राजनीतिक परिस्थितिका विषयमा प्रशिक्षण दिईने कार्यक्रम रहेको उनले बताए ।

राष्ट्रपतिसँग भेट

एमाओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष श्रेष्ठले राजधानी छाड्नअघि राष्ट्रपति रामवरण यादवसँग भेटघाट गरेका छन् । पछिल्लो समय सहमतिको वातावरण बनाउनका लागि सक्रिय भएका राष्ट्रपति यादवसँग शुक्रबार बिहान शितल निवासमा छलफल भएको थियो ।छलफलका क्रममा प्रचण्डले कांग्रेस र एमालेले एक्लौटी ढंगमा अघि बढ्न खोजेपछि आफूहरु आन्दोलनमा जानु बाध्य भएको बताएका थिए ।राष्ट्रपति यादवले भने आन्दोलनमा जाँदा देश द्वन्द्वमा जाने बताउँदै आन्दोलन छाडेर संवादमा फर्कन आग्रह गरेका थिए ।जवाफमा प्रचण्डले आफुहरुको माग सम्बोधन नभएको गुनासो गर्दै माग सम्बोधन भए आफूहरु वार्तामा आउन तयार रहेको कुरा बताएको उनका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्