राजेन्द्र महतो मधेशी नेताविरुद्ध आक्रोशित
Advertise Here Book Now
हिजो साँझको वार्तामा अनुपस्थित रहेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशलाई एमालेका अध्यक्ष केपी शर्माले ओलीले मात्र होइन मधेशवादी दलका नेताहरुले पनि बेइजजत गरिरहेको आरोप लगाएका छन् ।अध्यक्ष ओलीले मधेशमा युपी र विहारलाई मिलाउन भनि दिएको अभिव्यक्तिपछि एमाले सम्मिलित कुनै पनि बैठकमा सहभागि नहुने निर्णय मधेशी मोर्चाले गरेको स्मरण गराउँदै अध्यक्ष महतोले यदि एमाले सम्मिलित बैठकमै जानु नै थियो भने किन यस्तो निर्णय गरेको भन्दै मधेशी नेताप्रति आक्रोश पोखे ।
आफूहरुले गरेको निर्णयप्रति एमालेले हालसम्म कुनै प्रतिकृया देखाएको छैन अनि कुन मुखले उनीहरु भएको बैठकमा मधेशवादी दलका नेता गइरहेको आफूले बुझ्न नसकेको बताए ।
उनले अध्यक्ष ओलीले माफी नमागेसम्म आफू एमाले सम्मिलित कुनै पनि बैठकमा नजाने दोहोर्याए ।

