झापामा चिया पुर्याउन गएकी बालिका मालिकद्धारा बलात्कृत
Advertise Here Book Now

फागुन ३०, काठमाडौं ।
झापामा १३ बर्षिय बालिका बलात्कृत भएकी छिन् । शनिअर्जुन नगरपालिका ९ नयाँ बसपार्कमा चिया पसले साहुजीको घरमा आश्रय लिइरहेकी बालिका घरका मालिकबाटै बलात्कृत भएकी हुन् । शुक्रबार दिउसो ३ बजे तिनै घर धनी सूर्यमान तामांगले मगाएको चिया लिएर जाँदा उनी उनै तामांगबाट बलात्कृत हुन पुगेकी थिइन् ।


चिया लिएर गएपछि उनलाई तामांगले हातपात गरेका थिए । त्यसपछि बालिका डराएकी थिइन् । इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक नारायणप्रसाद गौतमले भने । ति बालिकालाई बसपार्कमा सानो चिया पसल गर्दै आएकी सुनिता क्षेत्रीले पालन पोषण गर्दै आएको प्रहरीको भनाई छ। उनी बलात्कृत भइसकेपछि क्षेत्रीलाई बताएकी थिन् ।


तामांगको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पताल भद्रपुरमा गरिएको थियो भने बलात्कृत बालिकाको स्वास्थ्य परीक्षण धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए । उनका अनुसार स्वास्थ्य परीक्षणको रिपोर्ट आउन भने बाँकी छ ।

केही दिनअघि मात्रै बाराकी बालिका पूजा साह बलात्कारपछि मृत्यु भएकी थिइन । बलात्कारी माथि कडा कारबाही हुनुपर्ने माग गर्दै बेटी बचाउ संघर्ष समिति आन्दोलनमा उत्रिएको थियो । साथै बेटी बचाउ संघर्ष समितिले शनिबार बेलुकादेखि आन्दोलन फिर्ता लिएको छ । कलैयामा शनिबार प्रहरी प्रशासन र आन्दोलनरत संघर्ष समितिबीच भएको वार्तामा पाँच बुदे सहमति भएपछि समितिले आन्दोलन फिर्ता लिएको हो ।


Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्