रोकियो दीपिकाको गिरफ्तारी
Advertise Here Book Now

Deepika Padukoneएजेन्सी – एआईबी रोस्टको कन्ट्रोभर्सी शोमा फसेकी बलिउड अभिनेत्री दीपिका पादुकोणलाई गिरफ्तार गर्ने विषयमा हाइकोर्टले रोक लगाएको छ । भारतीय सञ्चार माध्यमका अनुसार केवल शोमा समावेश भएको कारण एफआईआरको निसानामा परेकी दीपिकाले ६ दिनअघि आफ्नोविरुद्दको मुद्दा रद्द गर्न याचिका दायर गरेकी थिइन् । हाइकोर्टले अझै आठ दिन दीपिकाको गिरफ्तारीमा रोक लगाएको छ । ‘एआईबी नकआउट रोस्ट शो’ को भिडियो भाइरल भएका कारण सामाजिक सञ्जालमा यसले व्यापकता पाएको थियो । शोमा करण जोहर,अर्जुन कपुर,रणवीर सिंहलगायतका अरु व्यक्तिहरु मञ्चमा अश्लील भाषामा कमेडी गरिरहेका देखिन्थे । यसपछि यस शोमा सहभागि सदस्यको विरुद्दमा विरुद्दमा एफआईआर दर्ता भएको थियो । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्