बलिउड अभिनेता आदित्य पञ्चोली पक्राउ
Advertise Here Book Now
नयाँ दिल्ली, फागुन २४ – धेरैजसो विवादमा घेरिरहने बलिउडका अभिनेता आदित्य पञ्चोलीलाई मुम्बई पुलिसले पक्राउ गरेको छ । खबरका अनुसार ५० वर्षीय पञ्चोलीले आइतबार एक नाइटक्लबमा हंगामा गरिसकेपछि उनलाई पक्राउ गरेको बुझिएको छ । क्लबमा डिजेलाई बलिउड गीतहरु बजाउन गरिएको आग्रह तुहिए पछि उनले डिजेसँग चर्को विवाद गरेका थिए । पछि यो बहस हातपातसम्म पुगेको थियो । पञ्चोलीको आग्रह बिपरित डीजेले अंग्रेजी गीतहरु बजाएका कारण उनले डीजेलाई निकै गाली गरेका थिए । जब क्लबका बाउन्सरले पञ्चोलीलाई क्लब बाहिर जान आग्रह गरे तब उनले कथित रुपमा बाउन्सरमाथि आफ्नो फोनले आक्रमण गरे जसले गर्दा बाउन्सरको टाउको चोट लागेको छ । पञ्चोली अहिले प्रहरी हिरासतमा छन् । 
