शिक्षा मन्त्रीको कार्यक्रमको व्यानरमा देखिएको १३ गल्ती
Advertise Here Book Now

सिरहा, २७ फागुन (सानोपाटी) : कार्यक्रमको व्यानरमा कहिलेकाही जो सुकैबाट पनि त्रुटी हुन्छ । तर शिक्षा मन्त्री चित्रलेखा यादब नै प्रमुख अतिथि रहेको उच्च माध्यमिक शिक्षा परिषद्को कार्यक्रममा झुण्ड्याइएको एउटा व्यानरमा १३ वटा त्रुटी देखियो । यो व्यानरले देशको शैक्षिक अवस्था कतिको खस्केको छ भन्ने पुष्टि गर्छ । जुन कार्यालय विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्छ ति कार्यालयकै कार्यक्रमको व्यानरमा देखिएको १३ वटा त्रुटीले शिक्षा क्षेत्रमा कति चरम लापरबाही हुंदो रहेछ भन्ने पनि प्रष्ट हुन्छ ।

कार्यक्रममा शिक्षा मन्त्री चित्रलेखा यादव मात्र होइन्, सिरहा, सप्तरी र उदयपुरका शिक्षा अधिकारी समेत अतिथिको रुपमा उपस्थिति थिए । लोकसेवा आयोगका पूर्व सदस्य डा. श्रीकृष्ण यादव, शिक्षा मन्त्रालयका पूर्व सह–सचिव ज्ञानी यादवलगायतका व्यक्तिहरुको पनि उपस्थिति थियो । तराईका जिल्लाहरुमा शिक्षाको गुणस्तर नरहेको आरोप लागि रहेको र विभिन्न निकायहरुमा भइरहेको राजनीतिक नियुक्तिले सेवालाई गुणस्तरहीन बनाइरहेको कार्यलाई उक्त कार्यक्रमको व्यानरले नै पुष्टि हुन्छ । 

फोटो नम्बर १ मा 


व्यानरमा            हुनुपर्ने
१) परिषद                                परिषद् 
२) सिरहा को  सिरहाको
३) चित्र लेखा  चित्रलेखा
४) ज्यू बाट  ज्यूबाट 
६) समुदघाटन  समुद्घाटन
७) संम्वन्त  सम्बत्
८) वुधवार का  वुधवारका
९) शुभम                               शुभम्

फोटो नम्बर २ मा


व्यानरमा            हुनुपर्ने
१) परिषद                                      परिषद् 
२) कार्यलय                                   कार्यालय 
३) उदघाट्न                                  उद्घाटन
४) वुधववार                                  बुधवार                -स्रोत: सानोपाटी

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्