विराटनगरको मसी उद्योगमा आगलागी, लाखौको क्षति
Advertise Here Book Now
विराटनगर, २७ फागुन । विराटनगर–१ शान्तिचोकस्थित विनिता इन्क उद्योगमा आगलागी हुँदा गोदाममा रहेको ३ सय ड्रमभन्दा बढी कच्चापदार्थ जलेर नष्ट भएको छ । शान्तिचोकस्थित सुन्दर खड्काको घरमा विराटनगर–९ का हेमराज कुण्डलियाले भाडामा सञ्चालनमा गरेको उद्योगमा बुधबार दिउँसो २ बजेदेखि आगलागी सुरु भएको हो । आगलागी भएको ३ घण्टा बढी समय बितिसक्दासमेत आगो नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रभुप्रसाद ढकालले बताए । छापाखानाका लागि मसी उत्पादन गर्ने उद्योगमा भएको आगलागीबाट मसी उत्पादनका लागि प्रयोग हुने टलिन, आइपिए र एनबुटल आयललगायतका कच्चापदार्थ जलेर नष्ट भएको जनाइएको छ । आगलागी नियन्त्रण गर्न विराटनगर विमानस्थलसहित इटहरी, धरान र इनरुवाबाट आएका झण्डै एक दर्जन बढी बारुणयन्त्र, नेपाल र सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले प्रयास गरिरहेका छन् । मसी उत्पादनमा प्रयोग गरिने प्रज्वलनशील पदार्थका रसायनहरुको भण्डारण गरिएको हुनाले आगलागी नियन्त्रणमा लिन समस्या भएको बताइएको छ । आगलागीबाट थप क्षति हुन नदिन आसपासका घरहरुसमेत खाली गराइसकिएको बताइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्