हेर्नुस् ज्याद्रो जहाज हटाउन भइरहेका प्रयास, रनवेबाट खिचिएका १८ फोटो -
Advertise Here Book Now


mainphoto

  • अंगद ढकाल/पहिलोपोस्ट-
​काठमाडौँ : शनिबार दिउँसो नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनपछि टर्किस एयरलाइन्सको जहाज हटाउन भइरहेको प्रयासबारे जानकारी दिन सञ्चारकर्मीहरुलाई रनवेमै लग्ने भनियो। 

केही दिनदेखि मेरो पनि कार्यक्षेत्र विमानस्थल वरपर नै भइरहेको थियो। होलीको दिनसमेत रङ्ग खेल्न छाडेर क्यामेरा समातेर जहाज तानिएला कि भनेर ढुकेर बस्नुपरेको थियो।

सहकर्मी कञ्चन अधिकारीसँगै म पनि फोटो खिच्नसँगै लागेँ। पहिलो पटक यो ठाउँसम्म पहुँच हामीलाई दिइएको थियो। यसअघि नजिकैको एउटा निर्माणाधीन भवनको छतबाट सञ्चारकर्मीहरुले फोटो खिचेका थिए।

आन्तरिक उडानका लागि यात्रुहरु जाने स्थानबाट हामीलाई लगियो। रनवेसम्म पुग्नका लागि विमानस्थल व्यवस्थापनले माइक्रो बसको व्यवस्था गरेको थियो। माइक्रोमा राखी हामीलाई दुर्घटनाग्रस्त जहाज नजिकै लगियो। 

जहाज नजिकै खाल्डो, फुटेका सामान, टायर देखिए। घाँसे मैदानबाट जहाजलाई १५० मिटर जति पछाडि तानेर लगभग रनवे पुर्‍याइएको छ। पछाडिको पाङ्ग्रा रनवेमा छ भने अगाडिको पाङ्ग्रा रनवेमा पुगिसकेको छैन। 

हामी त्यहाँ पुग्दा एयरब्याग हटाइसकेको थियो। नोज ह्विलको अग्र भागलाई ट्रकमा राखिएको छ। 

नेपाल सेनाका चार सय, नेपाल प्रहरीका ३६० र नागरिक उड्डयन प्राधिकरणका सय जनाको टोली जहाजलाई सुरक्षित स्थानतर्फ लाने यो 'अपरेसन' मा खटिएको जानकारी दिइएको छ। 

































-Source:Pahilopost

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्