सिरहा सप्तरी खुल्ला दिशामुक्त कहिले ? मधेशका आठ जिल्ला कालो सूचीमा
Advertise Here Book Now
डिपी गुप्तालहान ,२८ फागुन । सगरमाथा अंचललाई एकै पटक खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ आज लहानमा सिरहा र सप्तरीका सरोकारवालाबीच वृहत्त अन्तरक्रिया भएको छ । सो अन्तरक्रियामा शहरी विकास मन्त्रालयका सहसचिव एवं राष्ट्रिय सरसफाई अभियानका अध्यक्ष रामचन्दै देवकोटाले सरसफाई आन्दोलनमा सबै समर्पित रहेका छन् ,काठमाण्डौंमा वागमती सफाईको लागि हप्तै पिच्छे बैठक हुने गर्छन् र यहां पनि माहौल उस्तै रहेकोले लक्ष्य बमोजिम खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुने निश्चित रहेको बताउंनुभयो । उहांले अनुगमन अत्ति आवश्यक रहेकोले राष्ट्रियस्तरबाट जोइन्ट अनुगमन समिति बनाएर नियमित कार्य गरियो भने अवश्य लक्ष्य पूरा हुने भन्दै यसमा प्रहरी प्रशासनको पनि उतिकै सहयोगको खाचो रहेको बताउंनुभयो ।
खानेपानीका डिजी रामपृत साहले लक्ष्य प्राप्तिको लागि चौतर्फी सहयोगको खाचो रहेको छ भने मेडिकल टीमलाई समेत परिचालन गरेर अभियानलाई सक्रिय पार्नुपर्ने बताउंनुभयो । छिमेकी देश भारतमा चर्पी निर्माणको लागि अनुदान दिने गरेको छ तर पनि अभियान कमजोर नै छ । हाम्रो देशमा अनुदानको कुरालाई हटाएपछि अहिले जिल्ला जिल्ला खुल्ला दिशामुक्त भइरहेको छ । यसमा भारत भन्दा हामी अगाडि बढिरहेको बताउंदै सरसफाई अभियानलाई अझ सक्रिय पार्न राजनीतिक दललाई संगसंगै लैजानुपर्ने बताउंनुयभो ।
खानेपानीका क्षेत्रीय निर्देशक रामचन्द्र साहले सरसफाईको कार्यक्रममा सिरहा र सप्तरी सधैं ब्याक बेन्चर भएर बस्थ्यो । अहिले अगाडि बढिरहेको कारण यो ठूलो सफलताको लक्ष्य लिएको देखिन्छ । यहां माग बढि आयो तर सप्लाई गर्न नसकिने स्थिति देखिन्छ । यसको लागि एनजिओ र सम्बन्धित निकाय सक्रिय भएर अघि बढ्नुपर्ने बताउंनुभयो ।
सरसफाईका विशेषज्ञ एवं युनिसेफका नमस्तेलाल श्रेष्ठले एनजिओहरुले म्यान पावर बढाएर यस अभियानलाई समयमै लक्ष्य पुरा गर्नुपर्छ । र, डकुमेन्टेशनको कामलाई मजबुत बनाउंनुका साथै संजाललाई कसिलो बनाउंन जोड दिनुभयो । उहां श्रेष्ठले ‘एनी हाउ खुल्ला दिशामुक्त गर्ने — अरु केही होइन् ।’ चाहे पानीलगायत अन्य धेरै समस्या होला ? र, पनि खुल्ला दिशामुक्त क्षेत्र घोषणाको लागि चर्पी हुनैपर्छ बताउंनुभयो ।
यस्तै, सिरहाका सिडियो अब्दुल कलाम खांले चर्पी निर्माण गर्न बढीमा १५ दिन लाग्नसक्छ ,त्यसैले चाहे भने एक महिनामा सिरहा जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सकिन्छ । २०१५ सम्ममा जुन लक्ष्य लिएको हो त्यो पुरा गर्न सबैले आफ्नो पक्षबाट सक्रिय हुनुपर्छ । हुनेखानेले आफ्ै चर्पी बनाऔं भने स्वामित्व देखिन्छ । र, मुसहर,दलित गरिबको लागि सम्बन्धि निकायहरुले सहयोग गर्नुपर्छ अनि मात्रै लक्ष्य पुरा हुने बताउनुभयो । उहां खांले यहां घरमा चर्पी रहेपनि पोखरीको डिलमा दिशापिसाब गर्ने गरेकोले बानी परिवर्तन ल्याउंनुपर्ने अर्को महत्वपूर्ण कार्य रहेको बताउंनुभयो ।
डिवाससीसी सिरहाका अध्यक्ष एवं एलडिओ गोपाल अधिकारीले एक बर्षसम्म म पनि ओडिएफबारे नर्सरी पढे, त्यसपछि यसवारे धेरै जानकारी प्राप्त भएको छ अहिले सरुवा भएर सिरहा आएपछि अझ विशेष जानकारीका साथ ओडिएफमा लागेको बताउंदै आफ्नो भूमिकाप्रति म आफ्ै सन्तुष्ट भएका छैन् । राजनीतिक दलहरु तातिएका छैन् । गाविस सचिवहरु सकारात्मक महौलतर्फ गएको छ , उनीहरुलाई जहिले जुन बेला सोध्दा के भइरहेको छ ? ‘चर्पी बनाएको कुरा गर्छन् ।’ सभासद् विरेन्द्र महतोले चर्पीमा हाम्रो के सहयोग हुनसक्छन् ? व्यापक प्रश्नहरु हुने गरेको छ । तीन वटा नगरपालिका सरसफाईमा सक्रिय छ भने सिरहाको विद्यालयहरुको चर्पीमा पस्ने अवस्था छैन् । कति विद्यालयमा सरसफाई अभावको कारण चर्पीमा ताल्चा लगाइएको छ । यो मधेशको चुनौती हो । मधेशकै नेतृत्व छ त्यसैले यो अभियान समयमै पुरा हुने उहां एलडिओले बताउंनुभयो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लहानका प्रमुख दशै मण्डलले सिरहा जिल्लाले लिएका सन् २०१५ सम्मको लक्ष्य पूरा गर्न हामी सक्रिय भएर लागेको छ भने एनजिओहरुले पनि आफ्नो तर्फबाट पूर्णरुपमा सक्रिय भएर खटिरहेको अवस्था रहेको बताउंनुभयो ।
युएनहेविटेट सिरहाका गोपाल घिमिरेले २०१५ सम्मको लक्ष्य पुरा गर्न १२ गाविस ओडिएफको तयारीमा रहेको छ भने राजनीतिक पार्टीहरुलाई मोविलाईजेसन गर्न सकिरहेका छैन् । पार्टीहरु परिचालन भयो भने लक्ष्य बमोजिम खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुने निश्चित नै हो, बताउंनुभयो ।
आईडिका महेश्वर कामतले सरसफाईमा बजारिकरणको कामलाई सक्रियता दिएका छौं , माग बमोजिम रिंग प्यान पुरयाउंदै गरेको भन्दै दलित गरिब एवं सुकुम्बासीहरुलाई ऋणको व्यवस्थामा लागेको बताउंनुभयो ।
नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष देवकुमार यादवले सिरहामा सुनको फुली बेचेर चर्पी निर्माणमा लागेको छ भने मिडियाले सक्रियता भूमिका निर्वाह गरिरहेको उदाहरणहरु पेश गनुृभएका थिए ।
नेवाका शंकर दहालले हामीले पडरियालाई पहिलो खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सफल भएका छौं र भोक्राहा गाविस खुल्ला दिशामुक्त क्षेत्रको तयारीमा रहेको छ । र, सन् ०१५ सम्ममा खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुने प्रतिबद्धता समेत गर्नुभयो । नेवाको करिब एक करोड बजेटमा ६० प्रतिशत खर्च भइसकेको छ ।
एसएनभी नेपालका अशोक यादवले लक्ष्य बमोजिम काम पुरा हुने प्रतिबद्धता जनाउंदै गरिब दलित एवं सुकुम्बासीहरुलाई जग्गा र चर्पी निर्माणको कार्यमा लागेको बताउंनुभयो । सोहीक्रममा नेपाल रेडक्रस सोसाइटी सिरहा सभापति राजदेव यादवले सिरहा नगरपालिकाप्रति गुनासो गदैं प्रहरी प्रशासनको पनि भूमिका हुनुपर्छ भनी बताउंनुभयो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लहानका इंन्जिनियर कृष्ण साहले पहाडको जनसंख्या कम भएकोले तिब्र गति काम भइरहेको छ भने मधेशमा जनसंख्या धेरै नै भएकोले प्यान पावरको कमिले गर्दा पनि लक्ष्य पुरा गर्न कठिन भइरहेको बताउंनुभयो ।
फेडोका शान्ति पासमानले दलित गरिब एवं सुकुम्वासीको लागि चर्पी निर्माण गर्न सम्बन्धित निकायहरुले बजेट विनियोजित गरी लक्ष्य बमोजिम काम गर्न आग्रह गर्नुभयो । युम्सका विकास पौडेलले लहानको वडा नं.९ र २ चाडैं खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुने जानकारी दिनुभयो । युम्सको बजेट ९५ लाख जति थियो त्यसमा ८० प्रतिशत खर्च भइसकेको छ । गोलबजार नगरपालिका र लहान नगरपालिका प्रमुखद्धय राजकुमार दास र कृष्ण कार्कीले लक्ष्य पुरा गर्न सकारात्मक कार्य भइरहेकोले खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुने निश्चित रहेको दावी गर्नुभयो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीका प्रमुख लोकेन्द्र यादवले दलित गरिब एवं सुकुम्वासीलाई सहयोगको खाचो छ । यसको लागि भिवाससीसीले नै सहयोग गर्दै आइरहेको छ । गाउंको समस्या गाउंबाट नै समाधान गर्नुपर्छ यसको लागि सकारात्मक सोच हुनुपर्छ । यहां दलित ननदलितको सवाल हुंदैन् सबै चर्पी निर्माणमा लाग्नुपर्छ यादवले बताउंनुभयो ।
एनएनभी नेपाल सप्तरीका रामप्रकाश सिंहले सप्तरीमा आन्दोलनको रुपमा चर्पी निर्माण काम भइरहेको छ भने दूई वटा गाविस खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रकाश खतिवडाले पारीबाट आएकाहरु युद्धस्तरमा चर्पी बनाइरहेका छन् तर मेरै गाउंलेहरु यसप्रति सक्रियता नदेखाएको गुनासो गर्नुभयो ।
आईडि एवं सानमार्क सप्तरीका आशमा चौधरीले दूई जति प्यान वितरण भइसकेको छ भने अहिले दु्रत गतिमा काम भइहरेको छ । ६ महिना अगाडि हामी ह्रास भएका थिए । बजारीकरणको काम बढी भइरहेको छ भने नगरपालिकाले समस्या गरिरहेको उनी खुलासा गरिन् ।
यूएनहेविटेट सप्तरीका संयोजक हरि बुढाथोकीले लक्ष्य प्राप्तिको लागि सप्तरीमा सकारात्मक माहौल रहेको बताउंनुभयो । सप्तरीको लागि २ करोड बजेट मध्ये ४२ प्रतिशत रकम खर्च भइसकेको समेत उनले जानकारी गराउंनुभयो ।
सेभ द सप्तरीका प्रतिनिधिले समेत आफ्नो विचार राखेका थिए । कार्यक्रममा जेवाससीसी सिरहाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ता, जिविस सिरहा इन्जिनियर रमेश निधी, महिला शाखाकी शौर्या साह, एसएनभी सप्तरीका कृष्ण जिसीलगायत रहेका थिए । फागुन २७ गते गाईघाटमा खोटागं, ओखलढुंगा, सोलु र उदयपुरका सहभागीहरुमा सरसफाई सम्मेलन भएको थियो । सोहीक्रममा सगरमाथा अंचललाई एकै साथ खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सकियो भने ठूलो उपलब्धी हुने बताइएको छ । तर, सिरहा २०१५, सप्तरी २०१६ र उदयपुर २०१५ सम्ममा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य दिएको छ । यहां सरसफाईको सवालमा मधेशको सप्तरीदेखि पार्सासम्मका आठ जिल्लालाई कालो सूचीमा राखिएको छ ।स्रोत :नव्संग्राम

