भगवानको नजिक जाने आशमा ४ सय जनाको अण्डकोष काट्ने गुरु -
Advertise Here Book Now
शिख धर्मका गुरुको रुपमा चिनिने गुरमित राम रहिम सिंहका ५० लाख भन्दा बढी भक्तहरु रहेका छन् । हालै मात्र केन्द्रिय अनुशन्धान विभागले गुरमितले गरेका कार्यहरुमा अनुशन्धान गरी गुरमित भ्रष्टाचारी रहेको कुरा पत्ता लगाएको छ । उनको आफ्नै अस्पतालमा ४ सय जनाले भगवानको नजिक जाने आशमा अण्डकोष काटेको खुलासा भएको छ । यो घटना २००० सालको भएतापनि हालसालै उनले गरेका कार्यहरु सबै खुलासा भएका हुन् । गुर्र्मितले धेरै महिलाहरुलाई यौन र्दुव्वहार गर्ने गरेको र भक्तहरुलाई धर्मको नाममा पैसा ठगी गर्ने गरेको कुरा पनि खुलासा भएको छ । ४७ वर्षका गुरमितको सम्पत्ति २.६ मिलियन रहेको अनुगमनले जनाएको छ । २००२ मा हत्या काण्डमा पनि मुछिएका गुरमितलाइ उनका भक्तहरुले बचाएका थिए । गुरमितमाथि शारीरिक यातनाको मुद्दा लागेको छ ।
