टर्किस एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा यसरी जोतियो (फोटो फिचर)
Advertise Here Book Now
काठमाडौं—ट्रकिस एयरलाइन्सको एयरबस ३३०-३०३ जहाज बाक्लो हुस्सुको कारण अवतरण गर्ने क्रममा त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ। टर्कीको इस्तानबुलबाट काठमाडौं आएको सो जहाजको अगाडिको नाक ठोक्किएको छ। २२४ यात्रु रहेको जहाज दुर्घटनामा मानवीय क्षति नभएको विमानस्थल स्थित नागरिक उड्डयन कार्यालयले जनाएको छ। 'एउटा विमान दुर्घटनाबाट बाँचियो', जहाजमा रहेका यात्रु दिकेश मल्होत्राले आफ्नो फेसबुकमा लेखेका छन्, 'भाग्बस कसैलाई गम्भीर चोट लागेन र घाइते भएनन्।'दुई पटकको ल्यान्ड गर्ने प्रयास असफल भएपछि जहाज केही घन्टा आकासमै घुमेको थियो। बाक्लो हुस्सुले भिजिविलिटी कम भएपछि जहाजलाई अवतरण गर्न आरएनएभी अप्रोचबाट ल्यान्ड गर्ने प्रयास गरिएको थियो।



