महिलाद्वारा आत्महत्या
Advertise Here Book Now

रत्ननगर (चितवन), २६ फागुन । चितवनमा गएराति एक महिलाले आत्महत्या गरेकी छन् । यहाँको चितवन नगरपालिका–११ बस्ने अन्दाजी ५५ वर्षीया झुमनी महत्तोले आफ्नै घरछेउमा रहेको रूखमा गलबन्दीको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले राति नै घटनास्थलको मुचुल्का उठाई आज बिहान शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याएकोे छ । आत्महत्याको कारण भने खुलेको छैन । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्