तीन जना चढेर भाग्दा दुई जनाको मृत्यु
Advertise Here Book Now
जनकपुर, फागुन २६ –धनुषाको नक्टाझिजमा सोमवार मध्यरातमा एक मोटरसाईकल प्रहरी भेनमा ठक्कर खाँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । गएराति १२ बजे ढल्केवरबाट जनकपुर जादैं गरेको ज.६ प ७६३९ नम्वरको मोटरसाईकलले विपरित दिशाबाट आईरहेको इलाका प्रहरी कार्यालय ढल्केवरको बा १ झ ७४८० नम्वरको भेनलाई ठक्कर दिंदा दुर्घटना भएको हो । तीब्र गतिमा रहेको तीन जना सवार मोटरसाईकलले प्रहरीलाई देखेर भाग्न खोज्दा दुर्घटना भएको जनाईएको छ । मृत्यु हुनेमा जनकपर १४ का रुपेश भुजेल र दीपक सिंह रहेका छन् । दुर्घटनामा गम्भीर घाइते विकाश कोइरालाको जनकपुरमा उपचार हुन नसकेपछि विराटनगरस्थित न्यूरो अस्पताल ल्याईएको छ ।
