स्पाइस जेटको जहाज अवतरणका क्रममा चिप्लियो
Advertise Here Book Now
बेङ्गलुरु (भारत) – बेङ्गलुरुबाट ७८ जना यात्रु लिएर कर्नाटक आइरहेको एउटा बिमान भारी वर्षाका कारण कर्नाटक विमानस्थलको धावनमार्गमा चिप्लिएको छ। घटनामा कसैलाई चोट नलागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। -विमान सवार सबै चालक दल तथा यात्रु सुरक्षित छन्', स्पाइस जेटका अधिकारीले भनेका छन्।विमानमा कर्नाटकका सूचनामन्त्री रोशन बेग पनि थिए। 'म अघिल्लो पंक्तिमा बसेको थिएँ। पाइलटले बताए कि हुबली विमानस्थलमा भिषण वर्षा भइरहेको छ। त्यसपछि करिब आधा घन्टासम्म जहाजले आकासमै चक्कर काट्यो।' जहाजको अवतरण असाध्यै खराब भएको उनले बताए। 'बिमान नराम्रोसँग हल्लिरहेको थियो मलाई लाग्यो कि अब सबै सकियो', उनले भने, 'जहाज एकातिर झुक्यो। अल्लाहको आशिर्वादले कसैलाई केही हुन पाएन।'
स्पाइस जेटका मुख्य प्रशासनिक अधिकृत जीपी गुप्ताका अनुसार घटनामा कसैलाई चोट लागेको छैन। कम्पनीले घटनाको विस्तृत जाँच गरिरहेको जनाएको छ।

