हृदयन्द्र शाहलाई बेबी किङ बनाउने सहमति ?
Advertise Here Book Now

काठमाडौं-२०६३ वैशाख ११ गते तत्कालीन महाराजा ज्ञानेन्द्र शाहको सम्बोधन आउनुभन्दा पहिले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निवास वालुवाटारमा हृदयन्द्र शाहलाई 'बेबी किङ' बनाउने सहमति भएको निर्मल निवासले अहिले दाबी गरिरहेको छ । उक्त सहमति हुनुभन्दा पहिले नेपाली कांग्रेस, नेकपा एमाले तथा तत्कालीन माओवादीका सबै नेताहरुको बीचमा सहमति भएको थियो । 

माओवादी अध्यक्ष प्रचण्डले पनि सहमति जनाएको निर्मल निवास स्रोतको दाबी रहेको छ । २०७१ फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजाले दिएको वक्तब्य त्यसैको आधारमा आएको र सहमतिबारे उल्लेख गर्न बाध्य हुनु परेको पूर्व महाराजाको बाध्यता भएको एकजना राजावादीले जानकारी दिए । 

तर, कांग्रेस तथा एमालेका नेताहरुले यस भनाइ र दाबीलाई अस्वीकार गरिरहेका छन । तत्कालीन अवस्थामा मुख्य वार्ताकार कांग्रेस महामन्त्री कृष्ण सिटौलाले त्यस्तो कुनै सहमति नभएको दाबी गरिरहेका छन । 

पछिल्लो समयमा प्रमुख दलका प्रमुख राजनीतिक नेताहरुको मौनताले केही सहमति भएको थियो कि भन्ने आशंका भने जनताको मनमा छ । हिन्दु धर्मावलम्बी र राजावादीहरु भने पछिल्लो समयमा हौसिएका छन । यसले संविधान निर्माण र राजनीतिक परिवर्तनमा केही असर पर्ने सम्भावना बढिरहेको देखिन्छ । 'त्यतिबेला सहमति भएपनि अब त्यसको कार्यान्वयन हुने कुनै सम्भावना छैन्,' आजभोलि डटकमलाई उदृत गर्दै साघुले समाचार छापेको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्