अश्लिल यौनजन्य इन्टरनेट वेभसाईट खोल्ने चौधरी पक्राउ
Advertise Here Book Now
काठमाडौँ, २९ फागुन, यौन सम्पर्कको लागि महिलाहरु उपलब्ध गराउने भन्दै अवैधानिक रुपमा पोर्न वेभसाइट बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । वाँके जिल्ला नेपालगन्ज उप.म.न.पा. वडा नं.१२ घर भई हाल जिल्ला ललितपुर कुसुन्ती वस्ने वर्ष २८ को सरोज चौधरीलाई सामाजिक मूल्य मान्यता, नैतिकता र सदाचार बिपरित कार्य गरेको भन्दै पक्राउ गरिएको हो ।
वेभसाइटमा यौन सम्पर्क र यौन आनन्दको लागि विभिन्न प्रकारका (महिला) हरुलाई उपलब्ध गराउन सक्ने भनी अमूक आकर्षक महिलाहरुको आकृती फोटो राखी बिभिन्न सेवाका बिभिन्न दररेटहरु समेत तोकी वेभसाइट खोलिएको प्रहरीले जनाएको छ । वेभसाइटमा सम्पर्कका लागि इमेल एड्रेस र फोन नंं समेत उपलब्ध गराई त्यस्ता सेवा लिन चाहने ब्यक्तिहरुलाई सम्पर्कको लागि आब्हान गर्ने गरिएको पाइएको प्रहरीले बतायो ।
चौधरीलाई पक्राउ गरी विधुतिय कारोवार ऐन २०६३ बमोजिम आवश्यक अनुसन्धान कारवाहीको लागि आज महानगर प्रहरी परिसर काठमाण्डौ पठाईएको जनाएको छ । साथै उक्त कार्यमा संलग्न अन्य अभियुक्तहरुको खोजी भईरहेको पनि प्रहरीले जनाएको छ ।

