आमाले छोडेको २ महिनामा बुबाको मृत्यु, एक्ली दिल कुमारीको घर जलेर खरानी
Advertise Here Book Now
तेह्रथुम २८ फागुन
तेहथुम जिल्लाको हमरजुङ गाविस वडा नम्बर– ४ चारमा गत १६ गते बेलुकी साँढे ११ बजे राति आगालागी हुदाँ दिल कुमारी बिकको घर जलेर नष्ट भएपछि अहिले बिचल्लीमा परेकि छिन् । आगलागीसँगै घरको अन्नपात लत्ता कपडा जलेर नष्ट हुँदा करिब ३ लाख बराबरको क्षति भएको छ । ‘बिरामी भएर ओछ्यानमा सुति रहेकि थिएँ अचानक कुखुुरा कराउँदै आगोको ज्वालासँगै मेरो ओछ्यानमा आएपछि म बिउँझिदा मेरो घरको घुरिबाट आगोको मुस्लो आई रहेको थियो, घरको भm्यालबाट निस्किएर ज्यान जोगाएँ र छिमेकीलाई गुहार मागेँ तर घर खरानी भई सकेको थियो’ – उनले आँशु झार्दै भनिन् । दिल कुमारीकी आमाले छोडेको २ महिना नबित्दै बुबाको मृत्यृ भएपछि ठुलो बुबा गुमान सिंह बिकको घरमा करिब ४ वर्ष बिताएकी दिल कुमारी केही वर्ष यता आफ्नै घरमा बस्दै आएकी थिइन् । घरमा आगलागी भएपछि वर्ष दिनमा उब्जाएको अलि अलि भएको अन्न र घर आगोले खरानी भएपछि अहिले छिमेकि ठुलो बुबा पुखल बहादुर बिकको घरमा शरण लिएर बसेकि छिन् । उनले अहिले विभिन्न संस्थामा सहयोगको लागि हात फैलाइ रहेको भए पनि अहिलेसम्म कतैबाट सहयोग नपाएको बताइन् । घरको आर्थिक अवस्था कम्जोरीका कारणले विद्यालय जान नपाएकी विकले भनिन् – मेरो भाग्यमा खै के लेखिदिएको हो, मेरो बुबाले पनि बेलैमा छोडेर जानु भयो । आमा पनि मलाई एक्लै पारेर अर्कैसँग पोला हिडिन् अहिले घर पनि आगोेले खाएर खरानी’ । उनले भनिन् – ‘सधँै म अरुको घरमा बनि बुतो गरेर आफ्नो घरमा ल्याएर बनाएर खान्थेँ तर अब त घर पनि आगोले खायो बनाउने पैसा पनि छैन, ठुला बढा र शहर बजारमा कसैको कोठा जल्दा समेत राहत सङ्कलन हुन्छ तर म जस्तो पीडितलाई खै कसैले पनि एक रुपैया सहयोग गरेका छैनन् ।”घर जलेको बिहान प्रशासन आएर हेरे अनि केही राहत हुन्छ भन्नु भएको थियो तर आज एक हप्ता बितिसक्दा रेडक्रसबाट पनि राहात पाएको छैन’ विकले दुखेसो पोखिन् । १० वर्षको हुँदा आमाले छोडेर गएको र बुबाको मृत्यु भएकाले पढ्ने इच्छा हुँदा हुँदै पनि बाध्यताले पढ्न नपाएको र २ वर्ष पहिले घर छाउन ल्याएको खरको पैसा अहिलेसम्म पनि तिर्न नसकेको उनले गुनासो गरिन् । -aajakokhabar