एसएलसी परीक्षाको तयारी पूरा
Advertise Here Book Now
फागुन-२७, भक्तपुर ।
यस वर्षको परीक्षामा सहभागी हुनका लागि पाँच लाख ७४ हजार ६८५ जना छात्रछात्राले आवदेन दिएका छन् । जसमा नियमिततर्फ छात्र दुई लाख १२ हजार ५०४ र छात्रा दुई लाख १३ हजार ७१० गरी चार लाख २६ हजार २१४ जना परीक्षामा सहभागी हुने भएका छन् ।
आगामी चैत ५ गतेदेखि देशभर सुरु हुने प्रवेशिका अर्थात् एसएलसी परीक्षाको सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले देशको ७५ वटै जिल्लामा आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिकासहितका सबै सामग्री पु¥याइसकेको जानकारी परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले दिए ।
एक्जाम्टेडतर्फ भने छात्र ५९ हजार २५३ जना र छात्रा ८५ हजार ९३० जना गरी एक लाख ४५ हजार १८३ जना सहभागी हुने भएका छन् । प्राविधिकतर्फ भने छात्र दुई हजार ३७ जना र छात्रातर्फ एक हजार २५१ जना गरी तीन हजार २८८ जना परीक्षामा सहभागी हुने भएका छन् ।
परीक्षार्थीमध्ये सबैभन्दा बढी काठमाडौँमा ३४ हजार ५८७ जना र सबैभन्दा कम मनाङमा ७४ परीक्षार्थी रहेका छन् भने यस वर्ष परीक्षा दिनेमा छात्रभन्दा छात्राको सङ्ख्या बढी रहेको छ ।
यस वर्षका परीक्षाका लागि देशभरमा गरी एक हजार ८६२ वटा परीक्षा केन्द्र कायम गरिएको छ । जसमा सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौँमा ९१ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङमा १/१ वटा परीक्षा केन्द्र कायम गरिएको छ । गत वर्ष देशभर एक हजार ८३६ परीक्षा केन्द्र कायम गरिएकामा यस वर्ष परीक्षार्थी बढेकाले केन्द्र पनि बढाएको हो ।
परीक्षाका लागि १७ हजार ९३० जना सुरक्षाकर्मी, एक हजार ८६२ जना केन्द्राध्यक्ष, दुई हजार ४४० जना सहायक केन्द्राध्यक्ष, २३ हजार १४ जना निरीक्षक र सात हजार ६९९ जना कार्यालय सहायक परिचालन गरिने परीक्षा नियन्त्रक द्धारेले बताए ।
त्यसैगरी कार्यालयले यस वर्ष परीक्षामा खटिने सबै व्यक्तिको दैनिक भत्तासमेत वृद्धि गरेको छ । जसमा केन्द्राध्यक्षको दैनिक रु ५०० बाट रु ८००, सहायक केन्द्राध्यक्षको रु ३५० बाट रु ५००, निरीक्षकको रु २०० बाट रु ३५०, सुरक्षाकर्मीको रु ५० बाट रु १५०, कार्यालय सहयोगीको रु १०० बाट रु २०० पु¥याएको परीक्षा नियन्त्रक द्धारेले जानकारी दिए।
त्यस्तै परीक्षाको उत्तरपुस्तिका परीक्षण गर्ने परीक्षकलाई एउटा उत्तरपुस्तिकाको रु १५ दिँदै आएकामा यस वर्षदेखि रु २० पु¥याइएको र सम्परीक्षण गर्नेलाई रु चारबाट रु पाँच दिने गरी वृद्धि गरिएको छ ।


