१७ नेपाली धराैटीमा रिहा हुन सक्ने
Advertise Here Book Now

चैत-१, नयाँदिल्ली ।
भारतीय धर्मगुरु रामपालको स्थानीय आश्रमबाट पक्राउ परेर हरियाणाको हिसार जेलमा राखिएकामध्ये सामान्य प्रकृतिको अपराध ठहर भएका १७ नेपालीले तोकिएबमोजिमको रकम तिरेर धरौटीमा रिहा पाउने भएका छन् ।


थुनामा परेका २४ मध्ये धरौटी नतोकिएका ७ नेपालीको हकमा भने चैत दोस्रो साता९मार्च २६० स्थानीय अदालतमा अभियोग पत्र९चार्ज–फ्रेम० पेस गरेपछि मात्रै धरौटी अथवा अन्य कारवाहीको थप प्रकृयाबारे थाहा लाग्नेछ । हिसारको जेलकाण्डमा परेका नेपालीको मुद्धा हेरिरहेका दुतावासका काउन्सेलर राजेन्द्रमान श्रेष्ठका अनुसार जनही १ लाख भारु धरौटीबापत अदालतमा बुझाएमा १७ जना नेपालीका हकमा भने रिहा प्रकृया थालिने भएको छ ।

काउन्सेलर श्रेष्ठका अनुसार रामपाल सम्बद्ध यो मुद्धामा ‘हातहतियार राखेको, ज्यान मार्ने उद्योग संचालन गरेको वा बिष्फोटजन्य काम गराएको’ गम्भीर प्रकृतिको बिषय रहेकाले तत्काल सबैको अभियोग सुनुवाइ हुन सक्ने स्थिती नरहेको हो । कान्तिपुर दैनिकमा समाचार छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्