यादव सहितका ब्यक्तिले कुटपिट गर्दा साह घाइते–
Advertise Here Book Now

कुटने तिन पक्राउ 
 राजविराज २४ फागुन । सप्तरीको छुुटा छुटै ठाउँमा आज भएको कुटपिटमा दुई जना घाइते भएको छ । सप्तरीको बोदेबर्साइन ७ स्थित बजारमा होलीको दिन स्थानिय राजेश कुमार साहलाई वडा नं. २ बस्ने २६ वर्र्षीया डम्बर यादव, २२ बर्षीया पंकज यादव ३८ बर्षको शशि यादव र सानू प्रसाद यादव सहित मिलेर कुटपिट गर्दा साह घाइते भएको पिडितले प्रहरीलाई बताइएको छ । कुटपिट गर्ने मध्ये तिन जनालाई प्रहरीले आजै पक्राउ गरेको इलाका प्रहरी कार्यालय बोदेबर्साइनले जनाइएको छ । पक्राउ परेका तिनै जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखि अनुसन्धान भइरहेको बताइएको छ । यस्तै फुटबल खेलेको विषयमा कुटपिट हुदा सप्तरीको हरीपुर गाविस ६ बस्ने १५ बर्षीया लालु यादव घाइते भएको छ । यादवलाई स्थानिय प्रदिप यादव र सोही ठाउ बस्ने लाल यादव मिलेर आफुलाई कुटपिट गरेको जनाएको छ । कुटपिट गर्ने ब्यक्ति फरार रहेकोर उनी हरुको खोजि भइरहेको प्रहरीले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्