सप्तरीको रुपनीमा वेवारिसे शव फेला
Advertise Here Book Now
अरुण कुमार यादव
राजविराज २४ फागुन ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत रुपनी सडक खण्ड छेउमा आज एक जना पुरुषको
वेवारिसे शव फेला परेको छ ।
शनाखत हुन नसकेको अन्दाजी ३५ बर्षको पुरुस रहेको प्रहरीले जनाएको छ ।
गएराती कुने सवारी साधनले ठक्कर दिएको हुन सकने ईलाका प्रहरी कार्यालय
रुपनीले जनाएको छ । शव पोष्र्टमाटमको लागि राजविराज स्थित गजेन्द्र
नारायण सिँंह सगरमाथा अंचल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । यता घटना
बारे अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

