सिरहामा अज्ञात रोगको आतक फौलियो , एकैदिन चार जनाको मृत्यु
Advertise Here Book Now

सिरहा न्यूज व्यूरो सिरहा जेष्ठ २६ –सिरहाको चन्द्रअयोध्यापुर– ६ मुसहर टोलमा सोमबार अज्ञात रोगबाट चार जनाको मृत्यु भएको छ। आठजना बिरामीको उपचार भैरहेको छ। मृत्यु हुनेमा टलुवा सदा९३५०, कौसिला सदा९३६०, गर्बा सदा९५५० र जिवछी सदा९ ३५० रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिए।
                   उल्टी हुने साँस लिन गाह्रो हुनेु लक्षण देखापरेपछि उपचारमा अस्पताल लैजाने तयारी गर्दा गर्दै चारैजनाको मृत्यु भएको स्थानी मुहर समुदायका मुखिया ज्ञानी सदाले बताए। विहान २ बजेबाट अज्ञात रोगको लक्षण देखा परेको उनले बताए।ुएउटा लाश जलाएर आउने बित्तिकै अर्को व्यत्किको लाश जलाउन जानु पर्ने अवस्था छ,ु स्थानीय बहुरा सदाले भने,ुअज्ञात रोगबाट धमाधम मान्छे मर्न थालेको छ, हामी डराएका छौ।ु
सोही लक्षणका आठ जना विरामीलाई उपचारका लागि गोलबजारस्थित भुमिजा अस्पतालमा लगिएको प्रहरी निरीक्षक खतिवडाले बताए।उपस्वास्थ्य चौकी चन्द्रअयोध्यापुरकी प्रमुख रिता सिंह घटनास्थल पुगे पनि रोग पत्ता लगाउन नसकेपछि जिल्ला स्वास्थ्य कार्यालय सिरहालाई जानकारी गराएको बताइन। जानकारी पाएपछि स्वास्थ्य कार्यालयबाट जनस्वास्थ्य निरीक्षक मोहम्मद इदरीस राइनको नेतृत्वमा साँझ ७ बजे स्वास्थ्यकर्मीको टोली घटनास्थल पुगेर उपचार थालेका छन्।जनस्वास्थ्य निरीक्षक इदरीसका अनुसार यो रोग अनौठो किसिमको देखिएकाले विशेषज्ञ टोलीबाट अनुसन्धान जरुरी छ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्