सिरहामा विद्यार्थी हत्याको शोकमा जिल्लाभरका स्कुल बन्द
Advertise Here Book Now

सिरहा–सुखिपुर–६ दहिपौरीबाट अपहरित विद्यार्थी श्रवण कुमार भण्डारी(१०)को हत्या हुनुमा प्रहरी प्रसाशनको फितलो अनुसन्धान र लापरबाही कारण रहेको भन्दै नेशनल प्यावसन र एनप्यावसन सिरहाले खेद व्यत्क गरेको छ। सोमबार दुबै संगठनले संयुत्क विज्ञप्तिमार्फत यस्तो लापरबाही दोहोरिन नदिन प्रहरी प्रशासनलाई अपिल गरेको छ।१० वर्षे बालकलाई अपहरण गरी १० दिनपछि हत्या गर्ने क्रुर कार्यको भर्त्सना गर्दै विज्ञप्तीमा घटनामा संलग्न अपराधिलाई अबिलम्ब पक्राउ गरी कडा कानुनी कारवाही गर्न माँग गरिएको छ।श्रवण हत्याको शोकमा मंगलवार जिल्लास्थित संस्थागत विद्यालय बन्द गरी शोकसभा गर्ने प्यावसनका जिल्ला सचिव उमेश कुमार चौधरीले बताए।

घटना अनुसन्धानमा संलग्नता खुलेका मध्ये चारजनालाई अपहरण तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपि माघव बुढाथोकीले जानकारी दिए।सुखिपुरकै मदरल्याण्ड बोर्डिङ स्कूलमा कक्षा ३ पढ्दै गरेका श्रवणको जेठ ११ गत्ते विहान अहपरण भएको थियो। उनको हत्या गरिएको मृत शरीर जेठ २१ गते विहान मोहनपुर कमलपुर ३ बैशाखास्थित खेतमा गाडिएको अवस्थामा प्रहरीले फेला पारेको थियो।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्