रत्नपार्क गेटमा झुण्डिएको अवस्थामा शव भेटियो
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम २५ जेठ । मानिसहरूको बाक्लो चहल पहल हुने
रत्नपार्कमा एक युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । पार्कको पश्चिम
गेटमा नै झुण्डिएको अवस्थामा युवकको शव भेटिएको प्रहरीले जनाएको छ ।अन्दाजी ३०/३२ वर्षका युवकको सनाखत हुन सकेको छैन । मृत अवस्थामा रहेका उनको घाँटीमा डोरी लागेको छ भने उनको घुँडाले भुइँ छोएको छ ।घटनास्थलको ठिक अगाडि महानगरीय प्रहरी आयुक्तको कार्यालय छ ।
