मानव बस्तीमा सैन्य बिमान दुर्घटना हुदा ३० जनाको मृत्यु (अपडेट)
Advertise Here Book Now
इन्डोनेसियाको मेदान शहरस्थित आवासीय क्षेत्रमा सेनाको कार्गो बिमान दुर्घटना हुदा
कम्तिमा ३० जनाको मृत्यु भएको छ । इन्डोनेसियाका वायु सेनाले सो बिमानले
उडान भरेलगत्तै दुर्घटना भएको पुष्टी गरेको हो ।
दुई वटा घरमाथि बिमान खसेर भीषण आगलागी
भएको थियो । आगलागीबाट केही घर तथा सडकमा रहेको एउटा कारमा पनि पूर्ण क्षती
पुगेको बीबीसीले उल्लेख गरेको छ ।
सो बिमानमा चालकसहित १२ सैनिक सवार थिए ।
उडान भरेलगत्तै बिमानका पाइलटले प्राविधिक गडबडी देखिएको भन्दै
आधारशिविरमै फर्कने बताएको वायु सेना प्रमुख एगुस सुप्रियत्नाले जानकारी
दिए ।

