३१ वर्षको उमेरमा नायिकाको निधन
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम जेठ २४/न्यूजर्सी । तेलुगु अभिनेत्री आरती अग्रवालको निधन भएको छ । ३१ वर्षको उमेरमा न्यूजर्सीको अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।
आरतीका मेनेजरका अनुसार छातीमा अप्ठयारो भएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
न्यूजर्सीमै जन्मिएकी आरतीले सन २००१ मा तेलुगू फिल्म ‘नुब्वु नाकु नचव’ वाट अभिनय सुरु गरेकी थिईन् । उनको पहिलो फिल्म अत्याधिक सफल भएको थियो ।
नव्वु लेका नेनु लेनु, ईन्द्रा, वसन्तम लगायतका फिल्ममा काम गरेकी थिईन् । सन २००५ मा सह-कलाकार तरुणसँग प्रेम सम्बन्ध गाासेपछि उनको जीबन तनाबग्रष्त थियो । एक पटक आत्महत्याको प्रयाश समेत गरेकी थिईन् ।
उनले २५ फिल्ममा अभिनय गरेकी छिन् । अन्तिम फिल्म ‘रनम-२’ शुक्रवारदेखि प्रदर्शन सुरु भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्